मुख्य समाचार
हर्कराज साम्पाङ राईको फेसबुक ‘स्टटास’ मा लामो समयपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया
हर्कराज साम्पाङ राईको फेसबुक ‘स्टटास’ मा लामो समयपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया

: सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित श्रम सँस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईको फेसबुक ‘स्टटास’ मा लामो समयपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् ।

साम्पाङले ‘लु अब चाहिँ सुनसरी–१ बाट म पहिलो भएको घोषणा गर्दछु ! जय माटो ! जय देश !! जय श्रम संस्कृति !!!’ भन्दै लेखेको स्टाटसमा रास्वपाका वरिष्ठ नेता शाहले प्रतिक्रिया जनाएका हुन् । साम्पाङको स्टाटसमा बालेनले प्रतिक्रिया जनाउँदै लेखेका छन्, ‘तपाईलाई सँधै माया थियो, छ र रहन्छ । तपाई र धरानलाई सँधै माया रहन्छ ।’ साम्पाङको अभिव्यक्ति र बालेनको प्रतिक्रियामा अन्यले समेत प्रतिक्रिया जनाएका छन् ।


यसअघि अध्यक्ष साम्पाङले अबको प्रधानमन्त्री रास्वपाबाट बालेन शाह नभई पार्टी सभापति रवि लामिछाने हुनु राम्रो हुने बताएका थिए । अध्यक्ष साम्पाङले संसदमा सांसदले राखको प्रश्नको जवाफ दिने व्यक्ति प्रधानमन्त्री हुनुपर्ने विचार व्यक्त गरेका थिए । पछिल्लो समय सार्वजकि मञ्चबाट मात्र नभई सामाजिक सञ्जालमार्फत श्रम सँस्कृति पार्टीका अध्यक्ष साम्पाङले रास्वपा नेता बालेनको चर्को विरोध गर्दै आएका थिए ।

गत भर्दौ २३-२४ को जेनजी विद्रोहदेखि अन्तरिम सरकार गठन समेतका विभिन्न विषयहरुलाई लिएर साम्पाङले बालेनको कडा आलोचना गर्दै आएका थिए । सामाजिक सञ्जालमा सक्रिय साम्पाङले पटक–पटक बालेनका विषयमा आलोचना गर्दै आए पनि बालेनले भने कमै मात्र प्रतिक्रिया दिंदै आएका छन् । विगतमा निकै सुमधुर सम्बन्ध देखिएका बालेन र साम्पाङबीच पछिल्लो समय दूरी बढेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मधेश प्रदेशका जिल्लाहरूमा खाना पकाउने ग्यासको अभाव बढेको छ । अभावलाई देखाउँदै विक्रेताहरूले सिरहामा कालोबजारी गर्न थालेका छन् । ‘अभावको मौका छोपेर लहानका ग्यास बेच्ने पसलेहरूले कालोबजारी गर्न थाले,’ लहानस्थित महराजा रेस्टुरेन्ट एन्ड होटेलका सञ्चालक पिन्टु राउतले भने, ‘दुई थान ग्यास लिन जाँदा प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागियो ।’ एकाएक त्यति चर्को मूल्य सुनेपछि आफू ...
। गत ११ माघमा भएको निर्वाचनबाट निर्वाचित भएका राष्ट्रिय सभा सदस्यहरूका शपथ ग्रहण भएको छ । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा भएको शपथमा रामकुमारी झाक्री १५ मिनेट ढिलो पुगेकी थिइन् । २ बजेबाट शपथ समारोह सुरु भएकोमा झाक्री २:१५ मा हल प्रवेश गरेकी थिइन् । त्यतिबेला अन्य सदस्यको सपथ सकिएको थियो । १५ मिनेट ढिलो ...
। बैतडीमा पाँच हजारबढी मत बदर भएको छ । बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका यहाँ पाँच हजार ११३ मत बदर भएको हो । आइबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार ७२ हजार ८४३ मत खसेकोमा पाँच हजार ११३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए । ६७ हजार ७३० मत सदर ...
। झापाको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीमाथि उनकै घरमा हातपात भएको छ । आइतबार साँझ उनीमाथि अभद्र व्यवहार गर्दै एक व्यक्तिले हातपात गरेका हुन् । प्रहरीका अनुसार गौरादह-५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन् । हातपात गरेको आरोपमा प्रहरीले सिटौलालाई पक्राउ गरेको छ । मेयर सुवेदीको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले निर्वाचन खर्च विवरण बुझाएका छन् । झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बालेनले १४ लाख १७ हजार रुपैयाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् । उनले १५ दिनमा दुई वटा सवारी साधन भाडामा २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च ...