मुख्य समाचार
सुहाङ नेम्वाङले मतदाताप्रति आभार व्यक्त गर्दै जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता
सुहाङ नेम्वाङले मतदाताप्रति आभार व्यक्त गर्दै जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता

: प्रतिनिधिसभा निर्वाचनमा इलाम इलाम क्षेत्र नम्बर–२ बाट निर्वाचित नेकपा एमालेका युवा उम्मेदवार सुहाङ नेम्वाङले मतदाताप्रति आभार व्यक्त गर्दै जनअपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि एक सन्देश जारी गर्दै नेम्वाङले इलामेली आमा–बुबा, दिदीबहिनी तथा दाजुभाइहरूले देखाएको माया, विश्वास र भरोसालाई मतमा परिणत गरी आफूलाई प्रतिनिधि चुनिएको बताएका छन् । उनले उक्त जित आफू मात्रको नभई सम्पूर्ण इलामेली जनताको साझा विजय भएको बताएका छन् ।


नेम्वाङले मतदाताले दिएको अमूल्य मतलाई इलामको समृद्धि र भावी पुस्ताको उज्यालो भविष्यका लागि गरिएको ठूलो लगानीका रूपमा लिएको उल्लेख गर्दै आफू पूर्ण इमानदारी र निष्ठाका साथ जनसेवामा समर्पित रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।



सन्देशमा उनले इलामको राजनीतिक इतिहास र योगदानलाई स्मरण गर्दै पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गर्ने शहीद रत्नकुमार वान्तवा र बमप्रसाद वान्तवालाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति पनि सम्मान प्रकट गरेका छन् ।

निर्वाचन अभियानका क्रममा फाकफोकथुमदेखि माङसेबुङ हुँदै चुलाचुलीसम्म तथा इलाम, देउमाई र माईका विभिन्न बस्तीमा पुगेका क्रममा स्थानीय मतदाताले देखाएको आत्मीयता र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको उनले बताएका छन् ।

नेम्वाङले निर्वाचनमा सक्रियतापूर्वक सहयोग गर्ने नेकपा (एमाले) का केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू, जिल्ला कमिटी, स्थानीय तहका नेतृत्व, विभिन्न जनसंगठनका कार्यकर्ता तथा युवाहरूलाई विशेष धन्यवाद दिएका छन् । उनले सञ्चारकर्मी, निर्वाचन आयोगका अधिकारी, स्थानीय प्रशासन, सुरक्षा निकाय र कर्मचारीहरूको भूमिकाको पनि प्रशंसा गरेका छन् ।

यस्तै चुनावी प्रतिष्पर्धामा रहेका अन्य राजनीतिक दलका उम्मेदवारहरूलाई पनि उनले उज्ज्वल राजनीतिक भविष्यको शुभकामना दिएका छन् । उनीहरूले जनतामाझ उठाएका मुद्दाहरूलाई संसदमा उठाउने जिम्मेवारी आफूले लिने उनले बताएका छन् । मतदानका लागि काठमाडौं तथा विदेशबाट इलाम पुग्ने मतदाताहरू र विभिन्न माध्यमबाट सहयोग तथा शुभेच्छा व्यक्त गर्ने सबैप्रति पनि उनले कृतज्ञता प्रकट गरेका छन् ।

देशभर देखिएको निर्वाचन परिणाम र जनताबाट उठिरहेका प्रश्न तथा आलोचनाप्रति आफू सचेत रहेको बताउँदै नेम्वाङले पार्टी र आन्दोलनलाई जनअपेक्षा अनुसार परिमार्जन र सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई विचलित नहुन र अझ दृढताका साथ जनसेवामा लाग्न आग्रह गर्दै संगठन, नीति र कार्यशैलीमा आवश्यक सुधार गर्दै आन्दोलनलाई नयाँ उचाइमा लैजानुपर्ने बताएका छन् । नेम्वाङले जनविश्वासलाई ऊर्जा र मार्गदर्शनका रूपमा ग्रहण गर्दै आगामी दिनमा जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि कडा टिप्पणी
। गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । प्रतिवेदन बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै आयोगका प्रवक्ता विज्ञानराज शर्माले घटनामा संलग्नहरुलाई कारबाही सिफारिस गरिएको जानकारी दिए । उनले सुरक्षामा कमजोरी भएको पाइएको बताए । शर्मासँग प्रधानमन्त्री कार्यालय सिंहदरबार ...
। गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगका पदाधिकारीहरु आज प्रधानमन्त्री कार्यालय पुगेर प्रतिवेदन बुझाएको हुन् । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएको उनका प्रेस सल्लाहकार ...
प्रतिनिधि सभा निर्वाचनमा अनपेक्षित परिणाम आएपछि नेपाली कांग्रेसमा विशेष महाधिवेशनमाथि प्रश्न उठ्न सुरू
। २३ र २४ भदौको घटनाबारे जाँचबुझ गर्न गठन भएको आयोगले केही व्यक्तिहरूलाई फौजदारी कारबाहीको सिफारिस गरेको छ । परिस्थितीको यकिन नगरी बल प्रयोगमा भूमिका खेलेको आरोपमा आयोगले त्यतिबेला ओहोदामा रहेका केही व्यक्तिहरूलाई कारबाहीको सिफारिस गरेको, स्रोतले बतायो । जाँचबुझ आयोगसम्बद्ध स्रोतका अनुसार, तत्कालीन प्रहरी महानिर्देशक चन्द्रकुवेर खापुङ, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल, उपत्यका प्रहरी कार्यालय, ...