मुख्य समाचार
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !

। एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् ।

आफू भारी मतान्तरले पराजित भएपछि ओलीले बालेनलाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना दिएका हुन् ।

‘बालेन बाबु, विजजयका लागि तपाईंलाई बधाई,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना !’

यसअघि स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर जितेपछि ओलीले उनलाई तबला उपहार दिएका थिए । आजज सोही तस्वीर फेसबुकमा राख्दै ओलीले बालेनलाइ शुभकामना दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको आफ्नो भागमा पर्ने जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भिडिओ वक्तव्य जारी गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेस पार्टीको नेतृत्वमा रहेको नाताले अहिलेको पराजयको जिम्मेवारीको भाग मेरो जिम्मेवारीमा पनि पर्छ,’ उपसभापति शर्माले भने, ‘त्यसको मात्रात्मक रूपमा हामी भोग्छौँ नै ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गरिने बताएका छन् । शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शर्माले छिट्टै केन्द्रिय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा-बुँदामा समीक्षा गरिने जानकारी दिएका हुन् । उपसभापति शर्माले कांग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गरे । ‘एकआपसलाई आरोप लगाइराखेर भन्दा पनि ...
। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मदिरा र रात्रीकालीन व्यवसाय सञ्चालनमा लगाइएको अस्थायी प्रतिबन्ध हटाएको जनाएको छ । शनिबार एक वक्तव्य जारी गर्दै प्रशासनले मदिरा बिक्री–वितरण, ओसारपसार, सेवन तथा रात्रीकालीन व्यवसाय सञ्चालनमा अस्थायी प्रतिबन्ध हटाएको हो । प्रशासनले फागुन १४ गते काठमाडौं जिल्लाभित्र ती कुराहरूमा प्रतिबन्ध लगाएको थियो । वक्तव्यअनुसार आइतबारदेखि प्रतिबन्ध हटाएको निर्णय ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले अब नयाँ जनादेश प्राप्त मजबुद सरकार बन्ने भएकाले जेनजीका माग सोही सरकारले पूरा गर्नुपर्ने बताएका छन् । अब आउने सरकारले माग पूरा नगरे खबरदारी गर्ने उनको भनाइ छ । आफूहरु हिजो पनि सडकमा रहेकाले अब सरकारबाट बाहिरिएपछि पनि सडकमै रहने भएकाले निरन्तर खबरदारी गर्ने उनले बताए । ‘हामी हिजो पनि सडकमा थियौँ ...
। रुकुम पश्चिमको राजनीति माओवादी आन्दोलनको इतिहाससँग जोडिएको छ । यही भूगोलबाट उदाएका प्रभावशाली नेता थिए- जनार्दन शर्मा । युद्धकालदेखि शान्ति प्रक्रियासम्म सक्रिय रहँदै आएका उनी चारपटक चुनाव जितेर संसद् पुगिसकेका थिए । यसपटक पनि पाँचौँ जितको अभिलासा बोकेर चुनावी मैदानमा उत्रिएका शर्माको यात्रा पराजयमा टुंगिएको छ। उनी निकटतम प्रतिस्पर्धी पनि भएनन् । आफ्नै युद्धकालीन ...