इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्बाङ विजयी भएका छन् । उनले २२ हजार ४२६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरे ।
श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८१४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ ११७२ मत पाए ।