— प्रतिनिधि सभा चुनवामा सर्लाही–४ बाट उठेका नेपाली कांग्रेसका सभापति गगन थापा पराजित भएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका अमरेश सिंहले पराजित गरेका हुन्।
सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सके। काठमाडौं–४ बाट चुनाव जित्दै आएका थापा पहिलो पटक मधेश झरेका थिए।
यसअघि स्वतन्त्ररुपमा त्यही क्षेत्रबाट चुनाव जितेका सिंहले थापालाई १२ हजार ८ सय ५७ मतले पराजित गरेका हुन्।
तेस्रोमा एमाले उमेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याएका छन् ।