— प्रतिनिधिसभा निर्वाचनको मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती निर्वाचित भएका छन् ।
२०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर प्रतिनिधिसभामा एमालेका प्रमुख सचेतक बनेका महेश बर्तौलालाई पराजित गर्दै रास्वपाका उप्रेती निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगले आइतबार बिहान सार्वजनिक गरेको मतपरिणामअनुसार विजयी भएका रास्वपाका उप्रेतीले ३० हजार ५० मत ल्याएका छन् । यो निर्वाचन क्षेत्रबाट एमालेका बर्तौलाले १८ हजार ८४६ मत ल्याएका छन् ।
यो निर्वाचन क्षेत्रबाट कांग्रेसबाट उम्मेदवार बनेका बुद्ध लामाले १५ हजार ५० मत ल्याएर भने नेकपाका लवशेर विष्टले १२ हजार ४९२ मत ल्याएर चौथो नम्बरमा रहे ।
यहाँ उज्यालो नेपालका प्रविनकुमार स्याङतानले ६ हजार २३६ मत ल्याएका छन् ।