मुख्य समाचार
रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन (अनन्त) विजयी
रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन (अनन्त) विजयी

: प्रतिनिधि सभा निर्वाचनमा रोल्पाबाट नेपाली कम्युनिस्ट पार्टीका वर्षमान पुन (अनन्त) विजयी भएका छन्। उनले जिल्लाबाट ह्याट्रिक गरेका हुन्। २०७४ र २०७९ को चुनावमा पनि रोल्पाबाटै प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पूर्व अर्थमन्त्री समेत रहेका अनन्तले २७ हजार ४ सय ६० मत लिएर विजयी भएका हुन्।


१५ हजार ४ सय ५२ को फराकिलो मतान्तरमा उनी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार डा. सुदनकुमावलीले १२ हजार ८ मत प्राप्त गरेका छन्।


रास्वपाका बालराम थापाले १० हजार ८ सय ९४ मत ल्याए। नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९ सय ३३, नेकपा माओवादीका चुडामणी वलीले ३ हजार ७ सय १४ मत ल्याएका छन्।



मंगोल नेशनल अर्गनाइजेसनका कुमार घर्तीले १ सय १८, नेशनल रिपब्लिक नेपालका मनबहादुर घर्तीले २ सय ७९, राप्रपाका अम्मबहादुर थापाले ८ सय ४६, जनमोर्चा नेपालका मेघनाथ विष्टले ३ सय १८ र आम जनता पार्टीका दिलबहादुर कामीले ६२ मत लिएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जनाए। कुल ६८ हजार ७ सय ७७ मतमा ३ हजार १ सय ४४ मत बदर भयो। सदर मत ६५ हजार ६ सय ३२ छ।

विजयी अनन्त को हुन् ?

युवा उमेरमा विगतको सशस्त्र युद्धमा होमिएका अनन्त शान्ति प्रक्रियापछि पटक-पटक सरकारमा पुगि विभिन्न मन्त्रालय हाँकेका थिए। रोल्पा नगरपालिका-७ माडीचौरका स्थायी बासिन्दा अनन्त २०४२ सालमा संयुक्त जनमोर्चा नेपाल हुँदै राजनीतिमा प्रवेश गरेका थिए।

बुवा इर्खराम र आमा तिर्थमाली पुनको कोखबाट २०२८ जेठ १८ मा जन्मिएका थिए। तीन दिदीबहिनी र पाँच दाजु भाई मध्ये अनन्त माहिलो छोरा हुन्। स्नातकसम्म अध्ययन गरेका अनन्त २०४८ सालदेखि पूर्णकालीन भएका थिए। २०५२ फागुन १ गते सुरु भएको सशस्त्र लडाकु दस्तामा सामेल भएका थिए। ‘युद्धताका रोल्पा जिल्ला सेक्रेटरी समेत भएका थिए। नेकपाका नेता समेत रहेका युद्धका घाइते भानबहादुर घर्तीले भने, ‘सानैदेखि अनन्त मिलनसार र मेहनती हुनुहुन्थ्यो।’

२०५५ सालमा तत्कालीन माओवादी पार्टीको केन्द्रीय सदस्य हुँदै पार्टीको स्थायी समिति सदस्य समेत भए । नेकपाको उपमहासचिव समेत बनिसकेका अनन्त २०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

डा.बाबुराम भट्टराई नेतृत्वको सरकार र माओवादी-कांग्रेस गठबन्धनको सरकारका वेला अर्थमन्त्री भएका थिए। युद्धमा डेपुटी कमान्डर भएका अनन्त शान्ति तथा पुनर्निर्माण मन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत भएका थिए।

२०७० सालको दोस्रो संविधानसभा चुनावमा मोरङ क्षेत्र नम्बर ९ बाट पराजय बेहोरेका अनन्तले गृह जिल्लाबाट भने ह्याट्रिक गरे। नेकपाका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) निकट रहेर काम गरेका नेता अनन्त परिस्थितिको सही विश्लेषण र आकलन गर्न माहिर मानिन्छन्। उनी प्रचण्ड विश्वास पात्र हुन्। राष्ट्रिय राजनीतिमा विशेष दखल राख्ने विजयी अनन्त नेकपामा प्रभावशाली बन्दै गएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको आफ्नो भागमा पर्ने जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भिडिओ वक्तव्य जारी गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेस पार्टीको नेतृत्वमा रहेको नाताले अहिलेको पराजयको जिम्मेवारीको भाग मेरो जिम्मेवारीमा पनि पर्छ,’ उपसभापति शर्माले भने, ‘त्यसको मात्रात्मक रूपमा हामी भोग्छौँ नै ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गरिने बताएका छन् । शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शर्माले छिट्टै केन्द्रिय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा-बुँदामा समीक्षा गरिने जानकारी दिएका हुन् । उपसभापति शर्माले कांग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गरे । ‘एकआपसलाई आरोप लगाइराखेर भन्दा पनि ...
। एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् । आफू भारी मतान्तरले पराजित भएपछि ओलीले बालेनलाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना दिएका हुन् । ‘बालेन बाबु, विजजयका लागि तपाईंलाई बधाई,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल ...
। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मदिरा र रात्रीकालीन व्यवसाय सञ्चालनमा लगाइएको अस्थायी प्रतिबन्ध हटाएको जनाएको छ । शनिबार एक वक्तव्य जारी गर्दै प्रशासनले मदिरा बिक्री–वितरण, ओसारपसार, सेवन तथा रात्रीकालीन व्यवसाय सञ्चालनमा अस्थायी प्रतिबन्ध हटाएको हो । प्रशासनले फागुन १४ गते काठमाडौं जिल्लाभित्र ती कुराहरूमा प्रतिबन्ध लगाएको थियो । वक्तव्यअनुसार आइतबारदेखि प्रतिबन्ध हटाएको निर्णय ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले अब नयाँ जनादेश प्राप्त मजबुद सरकार बन्ने भएकाले जेनजीका माग सोही सरकारले पूरा गर्नुपर्ने बताएका छन् । अब आउने सरकारले माग पूरा नगरे खबरदारी गर्ने उनको भनाइ छ । आफूहरु हिजो पनि सडकमा रहेकाले अब सरकारबाट बाहिरिएपछि पनि सडकमै रहने भएकाले निरन्तर खबरदारी गर्ने उनले बताए । ‘हामी हिजो पनि सडकमा थियौँ ...