मुख्य समाचार
ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे विजयी
ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे विजयी

: प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बुलाई २ हजार २५१ मतले पराजित गर्दै थेबे विजयी भएका हुन्।


थेबेले १३ हजार ९६२ मत प्राप्त गरे भने तुम्याहाङले ११ हजार ७११ मत प्राप्त गरे। सुरुवाती अग्रता बनाए पनि तुम्याहाङले अग्रता जोगाउन सकेनन्। त्यस्तै नेपाली कम्यूनिष्ट पार्टीका खेलप्रसाद बुढा त्रीले ६ हजार ७७५ तथा श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २०९ मत प्राप्त गरे।


त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुकसाम लाबुङ लिम्बूले २ सय २१, उज्यालो नेपाल पार्टीका किर्तिमान मादेनले २ सय ३२ मत प्राप्त गर्दा नेकपा माओवादीका नरपति पौडेलले १ सय ५५ मत, जनता समाजवादी पार्टीका अरुण लेछर्वोले १ सय ४१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ईन्द्र प्रसाद थापाले १ सय ८५ जसपा नेपालका सूर्य गुरुङले ५५, जनमूक्ति पार्टी नेपालका ईन्द्र कुमार थलङले ४६ र मंगोल नेशनल अर्गनाईजेसनका सन्त बहादुर लिम्बूले ५० मत पाए।



थेबे नेकपा एमालेका केन्द्रीय सदस्य हु । यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले कै उपमहासचीव योगेश भट्टराई विजयी भएका थिए । ९० हजार ३२७ जना मतदाता रहेको ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको थियो । यहाँ आठओटा गाउँपालिका र एक नगरपालिका सहित नौओटा स्थानीय तह रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा १३ जना उम्मेदवार चुनावी मैदानमा थिए । प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएसँगै अब समानुपातिक तर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको आफ्नो भागमा पर्ने जिम्मेवारी लिन तयार रहेको बताएका छन् । शनिबार भिडिओ वक्तव्य जारी गर्दै उपसभापति शर्माले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेस पार्टीको नेतृत्वमा रहेको नाताले अहिलेको पराजयको जिम्मेवारीको भाग मेरो जिम्मेवारीमा पनि पर्छ,’ उपसभापति शर्माले भने, ‘त्यसको मात्रात्मक रूपमा हामी भोग्छौँ नै ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गरिने बताएका छन् । शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शर्माले छिट्टै केन्द्रिय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा-बुँदामा समीक्षा गरिने जानकारी दिएका हुन् । उपसभापति शर्माले कांग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गरे । ‘एकआपसलाई आरोप लगाइराखेर भन्दा पनि ...
। एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् । आफू भारी मतान्तरले पराजित भएपछि ओलीले बालेनलाई बधाई दिँदै पाँच वर्षे कार्यकाल सफल पार्न शुभकामना दिएका हुन् । ‘बालेन बाबु, विजजयका लागि तपाईंलाई बधाई,’ ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल ...
। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मदिरा र रात्रीकालीन व्यवसाय सञ्चालनमा लगाइएको अस्थायी प्रतिबन्ध हटाएको जनाएको छ । शनिबार एक वक्तव्य जारी गर्दै प्रशासनले मदिरा बिक्री–वितरण, ओसारपसार, सेवन तथा रात्रीकालीन व्यवसाय सञ्चालनमा अस्थायी प्रतिबन्ध हटाएको हो । प्रशासनले फागुन १४ गते काठमाडौं जिल्लाभित्र ती कुराहरूमा प्रतिबन्ध लगाएको थियो । वक्तव्यअनुसार आइतबारदेखि प्रतिबन्ध हटाएको निर्णय ...
। गृहमन्त्री ओमप्रकाश अर्यालले अब नयाँ जनादेश प्राप्त मजबुद सरकार बन्ने भएकाले जेनजीका माग सोही सरकारले पूरा गर्नुपर्ने बताएका छन् । अब आउने सरकारले माग पूरा नगरे खबरदारी गर्ने उनको भनाइ छ । आफूहरु हिजो पनि सडकमा रहेकाले अब सरकारबाट बाहिरिएपछि पनि सडकमै रहने भएकाले निरन्तर खबरदारी गर्ने उनले बताए । ‘हामी हिजो पनि सडकमा थियौँ ...