: झापा क्षेत्र नम्बर २ मा रास्वपाकी इन्दिरा राणा मगर भारी मतान्तरले विजयी भएकी छन्। निवर्तमान उपसभामुख समेत रहेकी मगरले निवर्तमान सभामुख देवराज घिमिरेलाई पराजित गरेका हुन्।
मगरले निकटतम प्रतिस्पर्धी एमालेका घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पछि पार्दै दोस्रो पटक संसदीय यात्रा जारी राखिन्। मगरले ६० हजार ११० मत ल्याउँदा घिमिरेले ११ हजार ३६८ मत प्राप्त गरेका छन्।
त्यस्तै तेस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी ७ हजार २९१ मत ल्याएका छन्। चौथो स्थानमा रहेका नेपाली कांग्रेसकी सरिता प्रसाईँले ५ हजार ६१६, नेकपाकी धर्मशिला चापागाईँले १ हजार ११५ र राप्रपाका स्वागत नेपालले ३ हजार ९६६ मत ल्याएका छन्। क्षेत्र नम्बर २ मा १ लाख ४७ हजार ५२२ मतदाता रहेकोमा ९६ हजार ४३६ मत खसेको छ।