मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको पाँच वटै निर्वाचन क्षेत्र ‘क्लिन स्विप’ गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको पाँच वटै निर्वाचन क्षेत्र ‘क्लिन स्विप’ गर्ने

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देहीको पाँच वटै निर्वाचन क्षेत्र ‘क्लिन स्विप’ गर्ने भएको छ । हालसम्मको क्षेत्रगत रुपमा अन्तिम मतपरिणाम र मतगण्नाका अनुसार रास्वपाले पाँच वटै क्षेत्र आफ्नो पोल्टामा पार्दै ‘क्लिन स्विप’ गर्ने भएको हो । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा रास्वपाका उम्मेदवार सुलभ खरेल, ३ मा डा. लेखजंंग थापा र ४ मा कन्हैया बनियाँ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ५६ हजार ५५० मतका साथ खरेलले आफ्नो निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल निर्वाचित भएका हुन् । पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले १२ हजार ८ सय ६१ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्माले ९ हजार ३ सय ९२ मत प्राप्त गरे । १ लाख ३५ हजार ५० मतदाता रहेका यो क्षेत्रमा ८६ हजार ७ सय ३० मत खसेको थियो ।


क्षेत्र नम्बर–३ मा ५८ हजार ८ सय १४ मतका साथ थापा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङ्गले ८ हजार ४ सय ३५ मत प्राप्त गरे । नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २ सय ७५ र राप्रपाका उम्मेदवार गौरव बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गरे भने नेकपाका उम्मेदवार फैज अहमद खानले २ हजार ५ सय ९४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ लाख ४० हजार ३५ मतदाता रहेको यो क्षेत्रमा ९४ हजार २ सय ३२ मतदान भएको थियो ।



क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत टोपबहादुर बिष्टका अनुसार, २८ हजार ६६ मतका साथ बनिया निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रमोदकुमार यादवले २० हजार २ सय ६२ मत प्राप्त गरे । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रा १५ हजार ६ सय १३ मत प्राप्त गरे भने जसपा नेपालका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले ३ हजार चार सय १० मत ल्याउँदै चौथो स्थानमा सीमित भए । कुल १ लाख १६ हजार १७२ मतदाता भएकोमा ७७ हजार ५८ मत खसेको थियो ।

यस्तै क्षेत्र नम्बर १ र ५ मा रास्वपाले आफ्नोे फराकिलो अग्रता कायम राखेको छ । क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवारले सुनिल लम्सालले २९ हजार ७ सय ३० मतका साथ अग्रता लिएका छन् भने हालसम्म नेपाली कांग्रेसका हिराबहादुर खत्री ६ हजार ३ सय ६३ मतका दोस्रो स्थानमा छन् । १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेको यो क्षेत्रमा ९७ हजार १ सय १८ जनाले मतदान गरेका थिए ।

त्यस्तै क्षेत्र नम्बरमा रास्वपाका उम्मेदवार तौफिक अहमद खानले २७ हजार १५ मतका साथ दौडमा छन् भने हालसम्म एमालेका खिमलाल भट्टराई ८ हजार ९ सय ६१ मतका साथ दोस्रो स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १ लाख ३४ हजार ४ सय ४२ मतदाता रहेको यस क्षेत्रमा ८४ हजार ८ सय ३८ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्लाको इलेक्सन इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। विजयी भएसँगै बालेनले झापा ५ को लाल किल्ला भत्काइदिएको छ। बालेनले ६८ हजार ३८४ मत ल्याएका छन् भने ओलीले १८ हजार ७३४ ...
।​ नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गरेका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको संसद्मा आफू नै सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरेका हुन्। ​विजयी र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले हराउँदै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५,८३० ...
। संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक राख्ने तयारीमा जुटेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार गत सोमबार मुख्यसचिव, सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेका थिए । अवलोकनपछि जसरी भए पनि चैत पहिलो सातासम्म हल उपलब्ध गराउन भनिएको गिरीले जानकारी दिए । ‘चैतको पहिलो सातासम्म ...