: नेपाली कांग्रेसका महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल पराजित भएका छन्। मोरङ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका घिमिरेलाई सन्तोष राजवंशीले पराजित गरेका हुन्। राजवंशी २८,०१५ मतान्तरले विजयी भएका छन्।
राजवंशीले ४०,८३३ मत ल्याउँदा कांग्रेस महामन्त्री घिमिरेले १२,८१८ मत ल्याए। यसैगरी नेकपामा अमन लाल मोदी १०,७६२ मत प्राप्त गरे। एमालेका जिवन घिमिरे १०,७६२ मत ल्याउँदै चौथो भए।
यता प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत काठमाडौं-५ प्रतिनिधिसभा उम्मेदवार दिएका पौडेल रास्वपाका सस्मित पोखरेलसँग भारी मतले पराजित भएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरेल ३०,७३७ मत प्राप्त गर्दा कांग्रेसका महामन्त्री पौडेलले ९,१५९ मत मात्र प्राप्त गरेका हुन्। घिमिरे र पौडेल दुवै कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए।