। नवलपरासी(बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार मनिष खनाल भारी मतका साथ विजयी भएका छन् । खनाल २५ हजार ५९२ मतान्तरका साथ विजयी भएका हुन् ।
खनालले ४१ हजार ३४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका ओमबहादुर घर्तीमगरले तेस्रो हुँदै १४ हजार ७१३ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका गणेश महतले एक हजार ५३८ मत पाएका छन् ।
राप्रपा उम्मेदवार रुनकुमारी महतोले ९६३ मत प्राप्त गरिन् ।
यहाँ निर्वाचित भएका खनाल २६ वर्षका छन् ।