मुख्य समाचार
चितवन -२ बाट रास्वपा सभापति रवि लामिछानेको ह्याट्रिक
चितवन -२ बाट रास्वपा सभापति रवि लामिछानेको ह्याट्रिक

: चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसकी मिना कुमारी खरेलले १४ हजार ५६४ मत ल्याइन्। लामिछाने ३९,८३८ मतान्तरले निर्वाचित भएका हुन्।


लामिछाने तेस्रो पटक सांसदमा निर्वाचित भएका हुन्। यस अगाडि २०७९ सालमा पहिलो पटक निर्वाचित भएका लामिछानेको नागरिकता खारेज भएपछि पुन उपनिर्वाचन हुँदा पुन: निर्वाचित भएका थिए।

एमालेका अस्‍मिन घिमिरेले ६,९९२ मत ल्याउँदै तेस्रो बने भने, नेपाली कम्युनिष्ट पार्टीका प्रताप गुरुङ्ग ४,९६९ मत प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्लाको इलेक्सन इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका हुन्। विजयी भएसँगै बालेनले झापा ५ को लाल किल्ला भत्काइदिएको छ। बालेनले ६८ हजार ३८४ मत ल्याएका छन् भने ओलीले १८ हजार ७३४ ...
।​ नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी गरेका छन्। प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले अबको संसद्मा आफू नै सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरेका हुन्। ​विजयी र्‍यालीपछि आयोजित कोणसभामा बोल्दै प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ...
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले हराउँदै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५,८३० ...
। संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक राख्ने तयारीमा जुटेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार गत सोमबार मुख्यसचिव, सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेका थिए । अवलोकनपछि जसरी भए पनि चैत पहिलो सातासम्म हल उपलब्ध गराउन भनिएको गिरीले जानकारी दिए । ‘चैतको पहिलो सातासम्म ...