मुख्य समाचार
कांग्रेसका महामन्त्री प्रदीप पौडेल पराजित
कांग्रेसका महामन्त्री प्रदीप पौडेल पराजित

: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल पराजित भएका छन्। प्रतिनिधि सभाको निर्वाचन अन्तर्गत काठमाडौं-५ प्रतिनिधिसभा उम्मेदवार दिएका रास्वपाका सस्मित पोखरेलसँग भारी मतले पराजित भएका हुन्।


राष्ट्रिय स्वतन्त्र पार्टीका पोखरेल ३०,७३७ मत प्राप्त गर्दा कांग्रेसका महामन्त्री पौडेलले ९,१५९ मत मात्र प्राप्त गरेका हुन्। पोखरेल २१,५७८ मतान्तरले निर्वाचित भएका छन्।


विशेष महाधिवेशनमार्फत महामन्त्रीमा पौडेल निर्वाचित भएका थिए। कांग्रेसले २.० को घोषणा गरेर अगाडि बढेपनि मत परिणामा कुनै प्रभाव परेको देखिएन।



नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार इश्वर पोखरेलले ४,७०१ मत ल्याएका छन्। पौडेलले अघिल्लो निर्वाचनमा इश्वर पोखरेललाई जितेर सांसद हुँदै मन्त्री बनेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् । चितवन क्षेत्र नम्बर २ बाट ५४ हजार ४०२ मत ल्याएर विजयी भएका लामिछानेले निर्वाचन कार्यालयबाट प्रमाणपत्र लिएरपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै इतिहासले नै आफूहरुलाई ठूलो जिम्मेबारी प्रदान गरेकोले आगामी दिनमा ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ हजार ८०९ मतान्तरले हराउँदै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत ल्याएका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार भगवती न्यौपानेले ५,८३० ...
। संघीय संसद् सचिवालय नयाँ संसद्को बैठक राख्ने तयारीमा जुटेको छ । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार गत सोमबार मुख्यसचिव, सुमनराज अर्याल, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले निर्माणाधीन नयाँ संसद् भवनको अवलोकन गरेका थिए । अवलोकनपछि जसरी भए पनि चैत पहिलो सातासम्म हल उपलब्ध गराउन भनिएको गिरीले जानकारी दिए । ‘चैतको पहिलो सातासम्म ...
: हरेक निर्वाचनमा नयाँ अनुहार निर्वाचित गर्ने भक्तपुर-२ ले उम्मेदवारसँगै यसपटक भने दल पनि नयाँ रोजेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री भक्तपुर-२ मा भारी मतान्तरले विजयी भएका छन्। रास्वपाका खत्री ४२ हजार ३ सय ३४ सहित विजयी हुँदा नेकपा एमालेका महेश बस्नेत १० हजार ९ सय ९६ मा सीमित रहे। नेपाली कांग्रेसका कविर ...
। चितवन क्षेत्र नम्बर ३ मा नेकपा उम्मेदवार रेनु दाहालले कामबाट चितवनवासीको मन जिते पनि मत जित्न नसकेको बताएकी छन् । रास्वपा उम्मेदवार सोविता गौतमलाई फेसबुकमार्फत् बधाई दिँदै उनले भनेकी छन्, ‘मैले कामद्वारा तपाईंहरुको मन त जितेँ तर मत जित्न सकिनँ । मत जित्ने सोविता गौतमलाई धेरै धेरै बधाई भन्न चाहान्छु ।’ रेनुले भरतपुर महानगरपालिकाको मेयरको पाँच ...