मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित

। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित भएकी छन् । निर्वाचित भएको बारे जानकारी गराउँदै उनले आफ्ना मतदातालाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् ।

‘यो विजय देशको, परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेकी छन्, ‘हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरू प्रति हार्दिक नमन ।’

उनले आज आफ्नो छोराको न्वारन कार्यक्रम रहेको बताउँदै उक्त कार्यक्रम सकेर साढे ११ बजे बानेश्वरस्थित सहभागी विभागमा उपस्थित हुने बताएकी छन् ।

उनले चुनाव प्रचारकै क्रममा अस्पताल भर्ना भएर छोरालाई जन्म दिएकी थिइन् । ‘हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं। यो सम्पन्न हुनेबित्तिकै बानेश्वर स्थित सहकारी विभागमा हजुरहरूसँगै उपस्थित हुनेछु,’ उनले भनेकी छन्, ‘करिब ११:३० बजे। हामी सबै देशप्रेमीहरू त्यहीँ भेटौँ है ।’

रञ्जु १५ हजार ४५५ मतसहित विजयी भएकी हुन् । ६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५९२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत ल्याए। त्यस्तै कांग्रेसकी सपना राजभण्डारीले २८३५ र एमालेका राजेश शाक्यले १९०९ मत ल्याए। यसअघि काठमाडौं १ मा रास्वपाकै रञ्जु न्यौपाने र काठमाडौं ६ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् । यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिइएको हो । प्रहरीले पछिल्लो पटक उनलाई भक्तपुरस्थित निवासबाट ...
रञ्जुलाई बधाई दिँदै रवीन्द्रले भने- भ्रष्टाचार नियन्त्रणमा दृढता कायम होस्
। नेपाली कांग्रेस बागतमी प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचन परिणाम पार्टीअनुकूल नआए पनि निरन्तर जनताको सेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतितिधिसभा निर्वाचनको जारी मतगणनामा कांग्रेस अनुकूल मत परिणाम नदेखिएपछि उनले मत परिणामलाई स्वीकार गर्दै निरन्तर जनताको सेवामा क्रियाशील रहन प्रदेश कार्यसमिति दृढ रहेको बताएका हुन् । ‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनमार्फत् प्राप्त मत ...