मुख्य समाचार
आईसीसी टी-२० विश्वकप २०२६ मा शतकको वर्षा भइरहँदा शतकको विभिन्न खालको कीर्तिमान
आईसीसी टी-२० विश्वकप २०२६ मा शतकको वर्षा भइरहँदा शतकको विभिन्न खालको कीर्तिमान

। आईसीसी टी-२० विश्वकप २०२६ मा शतकको वर्षा भइरहँदा शतकको विभिन्न खालको कीर्तिमान बनेको छ ।

टी२० विश्वकपमा यसअघि ९ संस्करण सम्पन्न हुँदा जम्मा ११ शतक बनेका थिए । एकै संस्करणमा बढीमा २ शतक मात्र बनेको थियो भने कुनै संस्करणमा शतक नै बनेन । ९ मध्ये ७ संस्करणमा शतक प्रहार हुँदा दुई संस्करण शतकविहिन बनेको थियो ।

तर भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको १०औं संस्करणको टी२० विश्वकपमा कीर्तिमानी शतक बनेको छ ।

१०औं संस्करणमा शतकको वर्षा नै भयो । फाइनलअघि सम्म यस संस्करणमा ७ शतक प्रहार भइसकेको छ । जुनै आफैँमा कीर्तिमान हो ।

यस्तै यसअघि एकै एक खेलाडीले क्रिस गेलले मात्र फरक संस्करणमा गरेर दुई शतक प्रहार गरेका थिए । तर यस पटक एकै संस्करणमा पाकिस्तानका बाहिबजादा फरानले दुई शतक प्रहार गर्दै कीर्तिमान बनाए ।

यसअघि अहिलेसम्म कुनै पनि खेलाडीले एकै संस्करणमा दुई शतक बनाउन सकेको थिएन ।

यस पटक शतक प्रहारमा बनेका कीर्तिमानहरु यस्ता छन् ।

एकै संस्करणमा सबैभन्दा धेरै शतक

यस पटक अहिलेसम्म ७ शतक प्रहार भइसकेका छन् । जसमा पाकिस्तानका ओपनर शाहिबजादा फरानले दुई शतक प्रहार गरे ।

उनले समूह चरणमा नामिबिया विरुद्ध अविजित १०० रन प्रहार गर्दा सुपर ८ मा श्रीलंका विरुद्ध १०० रन बनाएका थिए ।

यस्तै यस संस्करणको पहिलो शतक श्रीलंकाका ओपनर पथुम निसन्काले समू चरणमा अष्ट्रेलिया विरुद्ध बनाएका थिए । उनले अविजित १०० रन बनाएका थिए ।

यस्तै क्यानडाका युवराज सम्राले न्युजिल्याण्ड विरुद्ध ११० रन बनाएका थिए ।

यसैगरी इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले सुपर ८ मा पाकिस्तान विरुद्ध १०० रन बनाएका थिए ।

यस्तै दुवै सेमिफाइनलमा शतक बन्यो । जुन अर्को कीर्तिमान बन्यो ।

पहिलो सेमिफाइनलमा न्युजिल्याण्डका फिन एलेनले दक्षिण अफ्रिका विरुद्ध अविजित १०० रन बनाए ।

यस्तै दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डका ज्याक बेथेलले भारत विरुद्ध १०५ रन बनाए ।

यसअघि पहिलो संस्करणमा वेस्ट इन्डिजका क्रिस गेलले दक्षिण अफ्रिका विरुद्ध शतक प्रहार गरेका थिए ।

सन् २०१० को तेस्रो संस्करणमा भारतका सुरेश रैनाले दक्षिण अफ्रिका र श्रीलंकाका माहेला जयबर्धनेले जिम्बाब्वे विरुद्ध शतक बनाएका थिए ।

न्युजिल्याण्डका ब्रेन्डन म्याकुलमले सन् २०१२ मा भएको चौथो संस्करणमा बंगलादेश विरुद्ध शतक प्रहार गरेका थिए । सन् २०१४ मा भएको पाँचौ संस्करणमा इंग्ल्यान्डका एलेक्स हेलसले श्रीलंका तथा पाकिस्तानका अहमेद शेहजादले बंगलादेश विरुद् शतक प्रहार गरेका थिए ।

सन् २०१६ मा भएको छैटौं संस्करणमा बंगलादेशका तमिम इकवालले ओमान विरुद्ध र वेस्ट इन्डिजका क्रिस गेलले इंगल्यान्ड विरुद्ध शतक बनाएका थिए ।

सन् २०२१ को सातौं संस्करणमा इंग्ल्यान्डका जोस बटलरले श्रीलंका विरुद्ध शतक प्रहार गरेका थिए भने सन् २०२२ को आठौं संस्करणमा दक्षिण अफ्रिकाका राइले रुसोले बंगलादेश विरुद्ध र न्युजिल्याण्डका ग्लेन फिलिप्सले श्रींलका विरुद्ध शतक प्रहार गरेका थिए ।

सन् २००९ को दोस्रो र २०२४ को नवौँ संस्करणमा भने कुनै शतक प्रहार भएन ।

एकै ब्याटरले बनाएको २ शतक

पाकिस्तानका शाहिबजाद फरान एकै संस्करणमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । पाकिस्तानका लागि ओपनिङ गरेका उनले समूह चरणमा नामिबिया विरुद्ध अविजित १०० रन बनाएका थिए । उनले ५८ बलमा ११ चौका र ४ छक्का प्रहार गरेका थिए ।



यस्तै सुपर ८ मा उनले श्रीलंका विरुद्ध ६० बल खेल्दै ९ चौका र ५ छक्का मदतमा १०० रन नै बनाएका थिए । फराक टी२० विश्वकपमा दुई शतक प्रहार गर्ने समग्रमा दोस्रो र एकै संस्करणमा दुई शतक हान्ने पहिलो खेलाडी बनेका हुन् ।

यसअघि वेस्ट इन्डिजका क्रिस गेलले दुई फरक संस्करणमा गरी दुई शतक प्रहार गरेका थिए ।

सबैभन्दा छिटो शतक

यस पटक टी२० विश्वकपकै सबैभन्दा छिटो शतक पनि बन्यो । न्युजिल्याण्डका ओपनर फिन एलेनले सेमिफाइनलमा दक्षिण अफ्रिका विरुद्ध ३३ बलमै शतक प्रहार गरे ।



उनले विजयी चौका प्रहार गर्दै शतक पूरा गर्दै सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका हुन् । उनले १० चौका र ८ छक्का प्रहार गरेका थिए । यसअघि सन् २०१६ मा क्रिस गेलले इंग्ल्यान्ड विरुद्ध ४८ बलमा शतक प्रहार गरेका थिए ।

सबैभन्दा कान्छो शतकधारी

यस संस्करणमा टी२० विश्वकपमा सबैभन्दा कम उमेर शतक हान्ने खेलाडीको पनि नयाँ कीर्तिमान बन्यो । उनले ६५ बल खेल्दै ११ चौका र ६ छक्का मदतमा ११० रन बनाएका थिए ।

क्यानडाका १९ वर्षिय युवराज सम्राले न्युजिल्याण्ड विरुद्ध शतक प्रहार गर्दै उक्त कीर्तिमान बनाएका हुन् । उनले शतक प्रहार गर्दा १९ वर्ष १४१ दिनका थिए । यसअघि सन् २०१४ मा पाकिस्तानका अहमद शेहजादले २२ वर्ष १२७ दिनका हुँदा शतक प्रहार गर्दै यो कीर्तिमान बनाएका थिए ।

सम्राको शतकमा क्यानडाले १७३ रन बनाएपनि जित हात पार्न सकेन । न्युजिल्याण्डले १५.१ ओभरमा १७६ रन बनाउँदै ८ विकेटले खेल जितेको थियो ।

एकै देशका दुई खेलाडीको शतक

यस पटक एकै राष्ट्रका दुई खेलाडीले शतक प्रहार गर्ने कीर्तिमान पनि बन्यो । इंग्लयाण्डबाट कप्तान ह्यारी ब्रुक र युवा अलराउण्डर ज्याक बेथेले एकै संस्करणमा शतक प्रहार गरे ।

ब्रुकले सुपर ८ मा पाकिस्तान विरुद्ध ५१ बलमा १० चौका र ४ छक्का मदतमा १०० रन बनाएका थिए ।

यस्तै बेथेलले सेमिफाइनलमा आयोजक भारत विरुद्ध १०५ रन बनाए । ४८ बल खेल्दै उनले ८ चौका र ७ छक्का प्रहार गरे ।

तर बेथेललको शतक इंग्लयान्डलाई जिताउन भने सकेन । २५४ रनको लक्ष्य पछ्याएको इंग्लयान्डले बेथलको शतक मदतमा २४७ रन मात्र बनाउन सकेपछि ७ रनले पराजित हुँदै फाइनल पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम