मुख्य समाचार
निर्वाचन परिणाम पार्टीअनुकूल नआए पनि निरन्तर जनताको सेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त
निर्वाचन परिणाम पार्टीअनुकूल नआए पनि निरन्तर जनताको सेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त

। नेपाली कांग्रेस बागतमी प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले निर्वाचन परिणाम पार्टीअनुकूल नआए पनि निरन्तर जनताको सेवामा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतितिधिसभा निर्वाचनको जारी मतगणनामा कांग्रेस अनुकूल मत परिणाम नदेखिएपछि उनले मत परिणामलाई स्वीकार गर्दै निरन्तर जनताको सेवामा क्रियाशील रहन प्रदेश कार्यसमिति दृढ रहेको बताएका हुन् ।
‘लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनमार्फत् प्राप्त मत परिणामलाई स्वीकार गर्दै निरन्तर जनताको सेवामा क्रियाशील रहन कांग्रेस बागमती प्रदेश दृढ र प्रतिबद्धता व्यक्त गर्दछ,’ सभापति बानियाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

देशमा भएका हरेक परिवर्तनको आन्दोलनमा जनचाहानाअनुरूप नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस देश र लोकतन्त्रको पक्षमा तथा जनताको अवस्था परिवर्तनका लागि सदैव जनतासँगै रहने उनले उल्लेख गरेका छन् ।

बागमतीका मुख्यमन्त्री समेत रहेका बानियाँले निर्वाचनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल सरकार, प्रदेश सरकारहरू, स्थानीय सरकारहरू, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, दल, सञ्चारकर्मी तथा पर्यवेक्षक र मतदाताप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५९२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत ल्याए। त्यस्तै कांग्रेसकी सपना राजभण्डारीले २८३५ र एमालेका राजेश शाक्यले १९०९ मत ल्याए। यसअघि काठमाडौं १ मा रास्वपाकै रञ्जु न्यौपाने र काठमाडौं ६ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् । यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिइएको हो । प्रहरीले पछिल्लो पटक उनलाई भक्तपुरस्थित निवासबाट ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित भएकी छन् । निर्वाचित भएको बारे जानकारी गराउँदै उनले आफ्ना मतदातालाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् । ‘यो विजय देशको, परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेकी छन्, ‘हामीलाई शुभकामना दिनुहुने ...
रञ्जुलाई बधाई दिँदै रवीन्द्रले भने- भ्रष्टाचार नियन्त्रणमा दृढता कायम होस्