मुख्य समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदातालाई बुझाउन नसकेको टिप्पणी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदातालाई बुझाउन नसकेको टिप्पणी

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मतदातालाई बुझाउन नसकेको टिप्पणी गरेको छ ।

तथापि, परिणाम स्विकार्ने बताउँछन् राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ । ‘हामी अरुभन्दा फरक थियौं तर मतदातालाई बुझाउन सकेनौं’ श्रेष्ठ भन्छन्, ‘खेलमा सहभागी भइसकेपछि खेलको परिणाम स्विकार्छौं ।’

रुख, सूर्य, हसिया हथौडा वा तारा चिन्हधारीहरुको दुई दशकसम्म अवलम्बन गरेको गलत नीति, अकर्मण्यता, कुशासन र सर्वसत्तावादी चिन्तनबाट आजित र निराश मतदाताले अनिश्चित तर फरक बाटो रोजेको पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५९२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत ल्याए। त्यस्तै कांग्रेसकी सपना राजभण्डारीले २८३५ र एमालेका राजेश शाक्यले १९०९ मत ल्याए। यसअघि काठमाडौं १ मा रास्वपाकै रञ्जु न्यौपाने र काठमाडौं ६ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् । यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिइएको हो । प्रहरीले पछिल्लो पटक उनलाई भक्तपुरस्थित निवासबाट ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित भएकी छन् । निर्वाचित भएको बारे जानकारी गराउँदै उनले आफ्ना मतदातालाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् । ‘यो विजय देशको, परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेकी छन्, ‘हामीलाई शुभकामना दिनुहुने ...
रञ्जुलाई बधाई दिँदै रवीन्द्रले भने- भ्रष्टाचार नियन्त्रणमा दृढता कायम होस्