मुख्य समाचार
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु
मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

। मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली–९ बस्ने ५० वर्षीय दुर्गा रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले बताए ।

उनका अनुसार मतगणना स्थल नजिकै खाना खाने क्रममा उनी ११ : ४५ बजे एक्कासी बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । अस्ताललका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

उनी मोरङ क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार कृष्ण कार्कीका प्रतिनिधि थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौं क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्। उनले २४ हजार ५९२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका सुमन सायमीले ३ हजार २१७ मत ल्याए। त्यस्तै कांग्रेसकी सपना राजभण्डारीले २८३५ र एमालेका राजेश शाक्यले १९०९ मत ल्याए। यसअघि काठमाडौं १ मा रास्वपाकै रञ्जु न्यौपाने र काठमाडौं ६ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड १० हजार २४० मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ३ हजार ४६२ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत पाइन् । यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी उम्मेदवार सन्दीप पुनले ...
। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए । उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिइएको हो । प्रहरीले पछिल्लो पटक उनलाई भक्तपुरस्थित निवासबाट ...
। राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार रञ्जु दर्शना काठमाडौं-१ बाट निर्वाचित भएकी छन् । निर्वाचित भएको बारे जानकारी गराउँदै उनले आफ्ना मतदातालाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् । ‘यो विजय देशको, परिवर्तन पक्षको । काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेकी छन्, ‘हामीलाई शुभकामना दिनुहुने ...
रञ्जुलाई बधाई दिँदै रवीन्द्रले भने- भ्रष्टाचार नियन्त्रणमा दृढता कायम होस्