मुख्य समाचार
देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा
देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा

: देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिताविपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यकामा १, कोशी प्रदेशमा ३, मधेश प्रदेशमा ४, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा ३, लुम्बिनी प्रदेशमा १, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ४ जना गरी २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।


निर्वाचनको समयमा शान्ति सुरक्षा कायम राख्न र आचारसंहिता उल्लंघन गर्नेलाई कडा निगरानीमा राख्नुका साथै निर्वाचन आचारसंहिता विपरीत कार्यमा संलग्नहरूलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी देशभरका विभिन्न स्थानबाट निर्वाचनको समयमा निर्वाचन आचारसंहिता विपरीत र विना अनुमति चलाइएका २ हजार ५ सय ९७ वटा सवारी साधनहरूलाई होल्ड गरिएको छ। जसमध्ये २ हजार ३ सय ५१ वटा २ पाङ्ग्रे र २ सय ४६ वटा चार पाङ्ग्रे सवारी साधनहरू रहेका छन्।


काठमाडौं उपत्यकामा ८ सय ३० वटा, कोशी प्रदेशमा ११ वटा, मधेश प्रदेशमा १ सय ७९ वटा, बागमती प्रदेशमा २ सय ८४ वटा, गण्डकी प्रदेशमा २ सय ७६ वटा, लुम्बिनी प्रदेशमा ८ सय ८७ वटा, कर्णाली प्रदेशमा २२ वटा र सुदूरपश्चिम प्रदेशमा १ सय ८ वटा सवारी साधनहरू होल्ड गरिएको हो।

यस्तै काठमाडौं उपत्यकाको २ ठाउँमा समेत गरी देशभरका १५ ठाउँमा शंकास्पद वस्तु फेला परेको छ। नेपाल प्रहरीले ती फेला परेका शंकास्पद वस्तुहरू डिस्पोजका लागि नेपाल सेनासँग आवश्यक समन्वय गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदान प्रक्रिया शान्तिपूर्ण, व्यवस्थित तथा सुरक्षित रूपमा सफलतापूवर्क सम्पन्न गर्न नेपाल प्रहरी देशभर प्रभावकारी रूपमा परिचालित भई आफ्नो जिम्मेवारी उत्कृष्ट रूपमा वहन गरेको छ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको स्पष्ट कार्यादेश अनुरूप निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन आधारभूत तहदेखि विशिष्ट श्रेणीसम्मका सम्पूर्ण प्रहरी कर्मचारीहरू उच्च मनोबल, कर्तव्यनिष्ठा र समर्पणका साथ खटिएको हो।

उपलब्ध स्रोत साधनको उच्चतम प्रयोगका साथै निर्वाचन क्षेत्रमा देखा पर्न सक्ने सानो भन्दा सानो सुरक्षा चुनौतीलाई सूक्ष्म रूपमा विश्लेषण गरी अन्य सुरक्षा निकायसँगको निरन्तर समन्वय एवम् सहकार्य गरी नेपाल प्रहरीले आफ्नो भूमिका निर्वाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उदयपुरको चौदण्डिगढी नगरपालिका १० भिमामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गहुँदै गाईघाटबाट बेल्टारतर्फ जाँदै प्र.०१-०५-००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा चौदण्डिगढी -५ सिवाईका १८ वर्षीय समिर चौधरीको ज्यान गएको जिल्ला प्रहरी ...
: प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज दिउँसो कतारका समकक्षी अल–थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको बताएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उनले शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न निर्वाचन सम्पन्न गर्न सफल भएकामा सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी ...
: राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन्। राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
: प्रधानमन्त्री सुशीला कार्कीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन बुझाउनसाथ कार्यान्वयन गरिने बताएकी छन्। सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कार्कीले अन्य कुनै प्रतिवेदन भए पनि सार्वजनिक गरिदिने बताइन्। 'आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ। मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन। त्यसैले अहिलेको आयोगको मात्र होइन, अरु पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ ...