मुख्य समाचार
इङ्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत फाइनल प्रवेश
इङ्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत फाइनल प्रवेश

: आइसिसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको छ।


फाइनलमा भारतले पहिलो सेमिफाइनलको विजेता न्युजिल्यान्डसँग उपाधिका लागि खेल्ने छ। मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको थियो।


भारतले लिएको २५४ रनको बलियो लक्ष्य पछाएको इङ्ल्यान्डले ७ विकेटको क्षतिमा २४६ रन बनायो।

अन्तिम ओभरमा ३० रन चाहिएको अवस्थामा इङ्ल्यान्डले २२ रन मात्रै जोड्न सक्यो। इङ्ल्यान्डको लागि ज्याकोब बेथेलले सर्वाधिक १०५ रनको शतकीय पारी खेले ।उनले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै रन आउट भए। अन्तिम ओभरको पहिलो बलमा ज्याकोबको विकेट नै इङ्ल्यान्डको लागि निकै घातक बन्यो । सुरुवाती दिनु विकेट सस्तैमा गुमाएको इङ्ल्यान्डको लागि बेथेलले पाँचौं विकेटका लागि विल ज्याकसँग ७७ रनको साझेदारी बनाए। एक तर्फबाट विकेट जादा बेथेलले इङ्ल्यान्डको इनिङ्स सम्हालेका थिए।
इङ्ल्यान्डका लागि जोश बटलरले २५ रन बनाउँदा कप्तान ह्यारी ब्रुक ७ रनमै पेबिलियन फर्किए। टम ब्यान्टनले १७, विल ज्याक्सले ३५ रन बनाउँदा साम करन १८ रनमा समेटिए। जेमी ओभरटन २ र जोफ्रा आर्चर १९ रनमा अविजित रहे।

भारतका लागि बलिङतर्फ हार्दिक पाण्ड्याले २ विकेट लिए। अर्शदिप सिंह, जसप्रीत बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको भारतका लागि इनिङ्सको सुरुवातमा नै क्याच ड्रपको रुपमा जीवनदान पाएका सन्जु सामसनले सर्वाधिक ८९ रन बनाए। उनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। ओपनर अभिषेक शर्मा ७ बलमा २ चौका सहित ९ रन बनाउँदै पेभेलियन फर्किदा इशान किसनले सन्जु श्यामसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे ‌। इशानले १८ बलमा ४ चौका र दुई छक्का सहित ३९ रन बनाए। शिवम दुवैले ४३ रन बनाउँदा कप्तान सूर्यकुमार यादव ११ रनमा स्टम्पिङ भए। हार्दिक पाण्ड्याले २७ र तिलक बर्माले २१ रन बनाए।

इङ्ल्यान्डको लागि बलिङ तर्फ विल ज्याक्स र आदिल रसिदले समान २-३ विकेट लिए ।जोफ्रा आर्चरले १ विकेट लिए।

यससँगै विश्वकप २०२६ को उपाधिका लागि भारतले पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएको न्युजिल्यान्डसँग उपाधि रक्षाका लागि खेल्नेछ। साविक विजेता भारतले चौथो पटक टी २० विश्वकपको फाइनल खेल्दैछ। भारतले सन् २००७ मा पहिलोपटक टी२० विश्वकपको उपाधि जितेको थियो। सन् २०१४ मा उपविजेता रहेको भारतले सन् २०२४ मा पुनः टी २० विश्वकपको उपाधि जितेको हो।

न्युजिल्यान्डले भने दोस्रोपटक विश्वकपको फाइनल खेल्नेछ । सन् २०२१ मा अस्ट्रेलियाले उपाधि जित्दा न्युजिल्यान्ड उपविजेताको रूपमा चित्त बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम