मुख्य समाचार
इङ्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत फाइनल प्रवेश
इङ्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत फाइनल प्रवेश

: आइसिसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ७ रनले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको छ।


फाइनलमा भारतले पहिलो सेमिफाइनलको विजेता न्युजिल्यान्डसँग उपाधिका लागि खेल्ने छ। मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २५३ रन बनाएको थियो।


भारतले लिएको २५४ रनको बलियो लक्ष्य पछाएको इङ्ल्यान्डले ७ विकेटको क्षतिमा २४६ रन बनायो।

अन्तिम ओभरमा ३० रन चाहिएको अवस्थामा इङ्ल्यान्डले २२ रन मात्रै जोड्न सक्यो। इङ्ल्यान्डको लागि ज्याकोब बेथेलले सर्वाधिक १०५ रनको शतकीय पारी खेले ।उनले ४८ बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै रन आउट भए। अन्तिम ओभरको पहिलो बलमा ज्याकोबको विकेट नै इङ्ल्यान्डको लागि निकै घातक बन्यो । सुरुवाती दिनु विकेट सस्तैमा गुमाएको इङ्ल्यान्डको लागि बेथेलले पाँचौं विकेटका लागि विल ज्याकसँग ७७ रनको साझेदारी बनाए। एक तर्फबाट विकेट जादा बेथेलले इङ्ल्यान्डको इनिङ्स सम्हालेका थिए।
इङ्ल्यान्डका लागि जोश बटलरले २५ रन बनाउँदा कप्तान ह्यारी ब्रुक ७ रनमै पेबिलियन फर्किए। टम ब्यान्टनले १७, विल ज्याक्सले ३५ रन बनाउँदा साम करन १८ रनमा समेटिए। जेमी ओभरटन २ र जोफ्रा आर्चर १९ रनमा अविजित रहे।

भारतका लागि बलिङतर्फ हार्दिक पाण्ड्याले २ विकेट लिए। अर्शदिप सिंह, जसप्रीत बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको भारतका लागि इनिङ्सको सुरुवातमा नै क्याच ड्रपको रुपमा जीवनदान पाएका सन्जु सामसनले सर्वाधिक ८९ रन बनाए। उनले ४२ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। ओपनर अभिषेक शर्मा ७ बलमा २ चौका सहित ९ रन बनाउँदै पेभेलियन फर्किदा इशान किसनले सन्जु श्यामसँग दोस्रो विकेटका लागि ९७ रनको साझेदारी गरे ‌। इशानले १८ बलमा ४ चौका र दुई छक्का सहित ३९ रन बनाए। शिवम दुवैले ४३ रन बनाउँदा कप्तान सूर्यकुमार यादव ११ रनमा स्टम्पिङ भए। हार्दिक पाण्ड्याले २७ र तिलक बर्माले २१ रन बनाए।

इङ्ल्यान्डको लागि बलिङ तर्फ विल ज्याक्स र आदिल रसिदले समान २-३ विकेट लिए ।जोफ्रा आर्चरले १ विकेट लिए।

यससँगै विश्वकप २०२६ को उपाधिका लागि भारतले पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराएको न्युजिल्यान्डसँग उपाधि रक्षाका लागि खेल्नेछ। साविक विजेता भारतले चौथो पटक टी २० विश्वकपको फाइनल खेल्दैछ। भारतले सन् २००७ मा पहिलोपटक टी२० विश्वकपको उपाधि जितेको थियो। सन् २०१४ मा उपविजेता रहेको भारतले सन् २०२४ मा पुनः टी २० विश्वकपको उपाधि जितेको हो।

न्युजिल्यान्डले भने दोस्रोपटक विश्वकपको फाइनल खेल्नेछ । सन् २०२१ मा अस्ट्रेलियाले उपाधि जित्दा न्युजिल्यान्ड उपविजेताको रूपमा चित्त बुझाएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...