मुख्य समाचार
ओलीले फागुन २१ कहिल्यै नबिर्सने दिन भएको बताएका छन्
ओलीले फागुन २१ कहिल्यै नबिर्सने दिन भएको बताएका छन्

: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ कहिल्यै नबिर्सने दिन भएको बताएका छन्। फागुन २१ गते सुखानी शहीद दिवस र ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएकाले मृत्यु्बाट पुनर्जीवन पाएका दिन भएको स्मरण गरेका हुन्।


उनले भने, ‘आज मेरो जीवनका दुई संयोगहरु भएको दिन हो । आज सुखानी शहीद दिवस हो भने आजकै दिन ६ वर्षअघि मेरो दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो। यी दुवै दिन मैले मृत्युको मुखमा पुगेर पुनर्जीवन पाएका दिन हुन्।’


उनले देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।



‘झापा आन्दोलन, जसले निरंकुश व्यवस्थाको विरूद्ध विद्रोहको बिगुल फुकेको थियो। त्यही क्रममा हामीलाई जेल हालिएको थियो। झापा आन्दोलनका योद्धाहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण राजवंशीलाई जेल सार्ने बहानामा निरंकुश व्यवस्थाले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो। जेल सार्ने बहानामा हत्या गरिनलाग्दा पनि मृत्युको मुखबाट फर्केर आएको थिएँ र १४ वर्षको कठोर कारावास बिताएको थिएँ।’ उनले भने,‘देशलाई लोकतन्त्रको उज्यालो बिहानीमा लैजान बलिदान गरेका अमर शहीदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। फागुन २१ कहिल्यै नबिर्सने दिन हो।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: उदयपुरको चौदण्डिगढी नगरपालिका १० भिमामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्गहुँदै गाईघाटबाट बेल्टारतर्फ जाँदै प्र.०१-०५-००२ प १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । दुर्घटनामा चौदण्डिगढी -५ सिवाईका १८ वर्षीय समिर चौधरीको ज्यान गएको जिल्ला प्रहरी ...
: प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेकी छन् । प्रधानमन्त्री कार्कीले आज दिउँसो कतारका समकक्षी अल–थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार ...
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले हाम्रो प्रणालीलाई अझ सुदृढ बनाएको बताएका छन्। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपश्चात् सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उनले शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न निर्वाचन सम्पन्न गर्न सफल भएकामा सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी ...
: राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गरेका छन्। राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्व सबै पक्षसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा धन्यवाद प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
: प्रधानमन्त्री सुशीला कार्कीले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन बुझाउनसाथ कार्यान्वयन गरिने बताएकी छन्। सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री कार्कीले अन्य कुनै प्रतिवेदन भए पनि सार्वजनिक गरिदिने बताइन्। 'आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ। मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन। त्यसैले अहिलेको आयोगको मात्र होइन, अरु पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ ...