मुख्य समाचार
सडक किनारमा पुरुषको शव भेटियो
सडक किनारमा पुरुषको शव भेटियो

: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिए।



उनका अनुसार सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ११:३० बजेतिर शव भेटिएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए।


प्रहरीका अनुसार परिवारका अन्य सदस्य नरहेको र एक्लै बस्दै आएका भुजेल प्लाष्टिक, बोतल एवं कागज संकलन गरी कबाडीलाई बेचेर गुजारा चलाउँथे। दुवै खुट्टामा चोट लागेको अवस्थामा शव फेला परेकाले दुर्घटनाको आशंका गरिएको चौधरीको भनाइ छ। उनका अनुसार घटनाको प्रकृति हेर्दा सवारीसाधनको ठक्करबाट भुजेलको मृत्यु भएजस्तो देखिन्छ। यद्यपि, दुर्घटना गराउने सवारीसाधन एवं चालकको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि मात्रै घटनासँग सम्बन्धित वास्तविक विवरण यकिन हुने डीएसपी चौधरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सुर्खेतको गुर्भाकोट नगरपालिका घर भई वीरेन्द्रनगरमा बस्दै आएको थियो,इनिसा विकको परिवार। उनी सधैं झैं यही फागुन २३ गते पनि बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किइन्। उनी वीरेन्द्रनगरस्थित उषा बालवाटिका माविमा कक्षा ११ मा अध्ययनरत थिइन्। बिहान ८ बजेभित्रै घर फर्किने छोरी ९ बजेसम्म पनि घर नफर्किएपछि उनकी आमाले फोन गरिन्। तर,फोन ...
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपाति दुबैको नतिजा आई सक्दा ६ वटाले मात्र राष्ट्रिय दलको मान्यता
: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मंगलबारदेखि बाघ गणना सुरु भएको छ । राष्ट्रिय बाघ गणना अन्तर्गत शुक्लाफाँटासँगै यहाँको लालझाडी–मोहना संरक्षित क्षेत्र र डडेलधुराको जोगबुडामा स्वचालित क्यामेरा जडान गरी बाघ गणना थालिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक दुर्गादत्त बोहरा र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले क्यामेरा अन ...
: पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार गरिएको छ। उनीहरूलाई ललाइफकाई भारत लैजान खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उद्धार गरिएका महिलाहरूमा खोटाङको साबिक सुङ्देल गाविस ४ जन्म भई हाल सुनसरी वराहक्षेत्र- ३ नडाह बस्ने ३० वर्षीया मेनुका राई, सोही ठाउँकी २८ वर्षीया प्रमीला राई, २१ वर्षीया मनिषा माझी र सिन्धुपाल्चोक ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ल भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई 'एक्स'मा जवाफ दिँदै नेपालका भावी प्रधानमन्त्री बालेनले टी-२० विश्वकप जितेकोमा पनि बधाई दिएका छन्। उनले नेपाल र भारतीबीचको सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाइने बताए। 'नेपाल-भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ ...