मुख्य समाचार
अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण
अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण

: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ।

तालिबानको दाबी


तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल 'एक्स'मार्फत पाकिस्तानी सेनाको निरन्तरको उत्तेजना र सीमा उल्लंघनको जवाफमा 'आक्रामक अभियान' सुरु गरिएको जानकारी दिएका छन्। यस क्रममा तालिबान सम्बद्ध सैन्य स्रोतका अनुसार बिहीबार राति नान्गारहार र पक्तिया प्रान्तका सीमा क्षेत्रमा 'भारी झडप' भएको छ। आक्रमणमा १० पाकिस्तानी सैनिक मारिएको र १३ वटा सैन्य चौकी कब्जा गरिएको तालिबानको दाबी छ। यो कारबाही आइतबार पाकिस्तानले गरेको हवाई हमलाको बदला भएको उनीहरूले बताएका छन्।

पाकिस्तानको प्रतिवाद

अर्कोतर्फ, पाकिस्तानले तालिबानको दाबीलाई खण्डन गर्दै आफ्ना कुनै पनि चौकी कब्जा नभएको स्पष्ट पारेको छ। प्रधानमन्त्री शेहबाज शरीफका प्रवक्ता मोशरफ जैदीले पाकिस्तानी सेनाले 'अनावश्यक आक्रमण' को कडा जवाफ दिइरहेको बताएका छन्।

पाकिस्तानी पक्षको पछिल्लो दाबी अनुसार शुक्रबार बिहानसम्मको सैन्य कारबाहीमा १३३ अफगान तालिबान लडाकु मारिएका छन् भने २०० भन्दा बढी घाइते भएका छन्। पाकिस्तानले तालिबानका २७ वटा चौकी नष्ट गरेको र ९ वटा चौकी कब्जा गरेको दाबी गरेको छ। चित्रल, खैबर, कुर्रम र बाजौर क्षेत्रमा तालिबान फौजमाथि ठूलो सैन्य दबाब सिर्जना गरिएको पाकिस्तानको भनाइ छ।

तनावको मुख्य कारण: TTP र सुरक्षा चुनौती

यो हिंसात्मक बढोत्तरीको मुख्य कारण पाकिस्तानले 'तेहरिक-ए-तालिबान पाकिस्तान' TTP लाई अफगानिस्तानले आश्रय दिएको आरोप लगाउनु हो। सन् २०२५ /२०२६ को सुरुवाती महिनाहरूमा पाकिस्तानमा TTP सँग सम्बन्धित हिंसात्मक घटनाहरूमा उच्च वृद्धि भएको छ।

दक्षिण एसियाली विश्लेषक पर्ल पाण्ड्याका अनुसार, 'अफगान तालिबानले TTP विरुद्ध कडा कदम नचालेसम्म यो सीमा संघर्ष थप उग्र बन्ने निश्चित छ।' तर, तालिबानले भने आफ्नो भूमिमा कुनै पनि सशस्त्र समूहलाई आश्रय नदिएको दाबी गर्दै आएको छ।

राजधानी काबुलमा विस्फोटको आवाज

सीमामा जारी लडाइँकै बीच शुक्रबार बिहान अफगानिस्तानको राजधानी काबुलमा विमानको आवाजसँगै एउटा ठूलो विस्फोटको आवाज सुनिएको रिपोर्ट प्राप्त भएको छ। यस विस्फोटको क्षति र प्रकृतिको बारेमा विस्तृत विवरण आउन बाँकी छ।

दुवै देशबीच २,६११ किलोमिटर लामो सीमा विवाद र आतंकवादी समूहहरूको उपस्थितिले क्षेत्रकै सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ। अक्टोबरमा भएको यस्तै झडपमा ७० भन्दा बढी मानिसले ज्यान गुमाएपछि सीमा नाकाहरू बन्द अवस्थामा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम