मुख्य समाचार
निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने
निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने

: आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन्।

नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ।


मतदानका क्रममा आपतकालीन अवस्था आइपरे उद्धार कार्यमा पनि सेनाको मुख्य भूमिका रहनेछ। त्यसका लागि सेनालाई हेलिकोप्टरको समेत प्रयोग गर्ने अधिकार दिइएको जंगी अड्डा स्रोतले जनाएको छ।

त्यस्तै निर्वाचनको समयमा हुनसक्ने शंकास्पद वस्तु तथा विष्फोटक पदार्थहरूलाई निष्क्रिय पार्न पनि सेनाको बम डिस्पोजल टोली परिचालन हुनेछ। मतदानको दिन सेनाको टोली मतदान केन्द्रबाट सवारी साधनमा बढीमा ३० मिनेटको दूरीमा तैनाथ रहने स्रोतको भनाइ छ।

सैनिक अधिकारीहरूले मतदानस्थलमा नजिकबाट सुरक्षा दिनुका साथै बाहिरी सुरक्षाको पनि व्यवस्था गर्ने जंगी अड्डाको भनाइ छ। त्यस्तै प्रमुख जिल्ला अधिकारीको निर्देशन बमोजिम सबै किसिमका सुरक्षा जिम्मेवारी लिन पनि सैनिक अधिकारीहरू तयारी अवस्थामा रहनुपर्ने स्रोतको भनाइ छ।

त्यस्तै सुरक्षा संवेदनशीलताको आधारमा सेना परिचाल गरिने र आवश्यकता अनुसार संयुक्त जिल्ला सुरक्षा योजना बमोजिम स्ट्राइकिङ, मोबाइल तथा हवाई गस्ती पनि परिचालन गरिने जंगी अड्डाले जनाएको छ। त्यस्तै ७७ वटै जिल्लामा सेनाको रिजर्भ फोर्स तयारी अवस्थामा रहने र त्यो फोर्स जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम परिचालित हुने बताइएको छ।

निर्वाचनका समयमा सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिँदै आएका कारागार, विमानस्थलजस्ता संवेदनशील ठाउँको पनि सुरक्षा दिने जंगी अड्डाको भनाइ छ।

यसैबीच प्रधानसेनापति अशोक राज सिग्देलले सुरक्षा वेशहरुको निरीक्षण गरेका छन्। उनले सुनसरीस्थित पूर्वी पृतना र बर्दिवासस्थित मध्य पूर्वी पृतना तथा अन्तर्गतका सुरक्षा वेशहरूको निरीक्षण भ्रमण गरेको जंगी अड्डाले जनाएको छ। निरीक्षणका दौरान प्रधान सेनापतिले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिएका थिए उनले प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रहरीले देशभर ५० हजार बढी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागु गरेको छ । दशैं, तिहार, छठलगायत पर्वलाई लक्षित गरी देशभर चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागु गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले बताए । चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा सांस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला, बालबालिका, अपाङ्ग एवं जेष्‍ठ नागरिकको ...
। दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिने उद्देश्यले बजार अनुगमन गर्न सरकारले काठमाडौं उपत्यकामा मात्रै ५० कर्मचारी परिचालन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार काठमाडौं उपत्यकामा दैनिक करिब १० वटासम्म अनुगमन टोली परिचालन हुने गरेका छन् । तीमध्ये एकदेखि दुईवटा टोली उपभोक्ताको उजुरीका आधारमा तत्काल अनुगमनमा ...
: दशैं–तिहार लगायतका चाडपर्वहरुलाई लक्षित गर्दै स्याङ्जाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। चाडपर्वका बेला आम नागरिकहरुको सहज यात्राका लागि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहकार्य जिल्लाका विभिन्न तीन ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। जिल्लाको पुतलीबजार, वालिङ र गल्याङ् नगरपालिकाका मुख्य बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको ...
: हिमतालमा पहिरो खसेर गेग्रानसहित बग्दा बुढीगण्डकीमा बाढी आएको सरकारी विज्ञ टोलीले निष्कर्ष निकालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका भूगर्भविद्सहितको टोलीले गरेको अध्ययनअनुसार, पहिरो एउटा हिमतालबाट अर्को हिमताल हुँदै तल झरेको देखिएको छ। उक्त क्षेत्रमा धेरै साना हिमताल रहेकाले गेग्रानसहितको पहिरो एकपछि अर्को हिमतालमा खस्दा ठूलो मात्रामा गेग्रानसहितको बहाब आएको टोलीको निष्कर्ष छ। अनुसन्धानमा ...
। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा दुवै पक्षबीच आर्थिक तथा लगानी सहकार्य अभिवृद्धि गर्ने, साउथ–साउथ सहकार्यलाई प्रवर्द्धन गर्ने तथा बहुपक्षीयतालाई थप सुदृढ बनाउनेलगायतका विषयमा विचार आदानप्रदान ...