मुख्य समाचार
निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने
निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने

: आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन्।

नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ।


मतदानका क्रममा आपतकालीन अवस्था आइपरे उद्धार कार्यमा पनि सेनाको मुख्य भूमिका रहनेछ। त्यसका लागि सेनालाई हेलिकोप्टरको समेत प्रयोग गर्ने अधिकार दिइएको जंगी अड्डा स्रोतले जनाएको छ।

त्यस्तै निर्वाचनको समयमा हुनसक्ने शंकास्पद वस्तु तथा विष्फोटक पदार्थहरूलाई निष्क्रिय पार्न पनि सेनाको बम डिस्पोजल टोली परिचालन हुनेछ। मतदानको दिन सेनाको टोली मतदान केन्द्रबाट सवारी साधनमा बढीमा ३० मिनेटको दूरीमा तैनाथ रहने स्रोतको भनाइ छ।

सैनिक अधिकारीहरूले मतदानस्थलमा नजिकबाट सुरक्षा दिनुका साथै बाहिरी सुरक्षाको पनि व्यवस्था गर्ने जंगी अड्डाको भनाइ छ। त्यस्तै प्रमुख जिल्ला अधिकारीको निर्देशन बमोजिम सबै किसिमका सुरक्षा जिम्मेवारी लिन पनि सैनिक अधिकारीहरू तयारी अवस्थामा रहनुपर्ने स्रोतको भनाइ छ।

त्यस्तै सुरक्षा संवेदनशीलताको आधारमा सेना परिचाल गरिने र आवश्यकता अनुसार संयुक्त जिल्ला सुरक्षा योजना बमोजिम स्ट्राइकिङ, मोबाइल तथा हवाई गस्ती पनि परिचालन गरिने जंगी अड्डाले जनाएको छ। त्यस्तै ७७ वटै जिल्लामा सेनाको रिजर्भ फोर्स तयारी अवस्थामा रहने र त्यो फोर्स जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम परिचालित हुने बताइएको छ।

निर्वाचनका समयमा सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिँदै आएका कारागार, विमानस्थलजस्ता संवेदनशील ठाउँको पनि सुरक्षा दिने जंगी अड्डाको भनाइ छ।

यसैबीच प्रधानसेनापति अशोक राज सिग्देलले सुरक्षा वेशहरुको निरीक्षण गरेका छन्। उनले सुनसरीस्थित पूर्वी पृतना र बर्दिवासस्थित मध्य पूर्वी पृतना तथा अन्तर्गतका सुरक्षा वेशहरूको निरीक्षण भ्रमण गरेको जंगी अड्डाले जनाएको छ। निरीक्षणका दौरान प्रधान सेनापतिले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधि सभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिएका थिए उनले प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले सबैको सहयोग र सहकार्यका कारण शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको बताए। २८ औँ अन्तराष्ट्रिय आत्मसम्मान तथा आदर दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री सिन्हाले शान्तिपूर्वक र सुरक्षित रुपमा निर्वाचन गराउने सरकारको लक्ष्य सबैको सहयोग र सहकार्यका कारण पुरा भएको बताएका हुन्। आगामी दिनहरूमा पुरानो सोचलाई परिवर्तन गरेर ...
: सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर, त्रास र धम्कीबाट न्याय सम्पादन हुन नसक्ने बताएकी छन्। सर्वोच्च अदालतले मंगलबार अन्तर्राष्ट्रिय महिला दिवस तथा न्यायाधीश महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठतम् न्यायाधीश मल्लले न्याय सम्पादन डर र त्रासमा हुन नसक्ने धारणा राखेकी हुन्। ‘कुनै पनि डर, धम्कीबाट न्याय सम्पादन हुन सक्दैन, न्याय सम्पादन ...
: नेपाली कांग्रेसका महासमिति सदस्य विनोद कुमार राईले पार्टी पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर–१ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले व्यहोरेको पराजयपछि नैतिक जिम्मेवारी लिँदै उनले महासमिति सदस्य पदबाट राजीनामा दिएका छन्। राईले पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा आफू लामो समयदेखि कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेर लोकतन्त्र, राष्ट्रियता र समाजवादको ...
: मेल ग्रिफिथ्स ४५ वर्षकी हुँदा उनलाई दोस्रो पटक स्तन क्यान्सर भएको जानकारी दिइयो । त्यस बेला उनलाई आफू मर्ने नै हो कि भन्ने डर लागेको थियो । उनी उपचारका लागि हस्पिस (ज्यकउष्अभ) मा जान सुझाव दिइएपछि डर अझ बढ्यो । किनभने उनको बुझाइमा हस्पिस भनेको जीवनको अन्तिम अवस्थामा गरिने हेरचाहसँग सम्बन्धित ठाउँ थियो । उनले ...
: विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत सइ ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी ...