मुख्य समाचार
रास्वपाका जिल्ला सभापति कांग्रेसमा प्रवेश
रास्वपाका जिल्ला सभापति कांग्रेसमा प्रवेश

: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवलपरासी सभापति महेन्द्र सेन ठकुरीले टिकट वितरणमा अपारदर्शी र आर्थिक चलखेलका कारण पार्टी छाड्नु परेको आरोप लगाएका छन्।



पार्टी परित्याग गरेका ठकुरीले नेपाली कांग्रेसमा प्रवेश गर्दै उक्त आरोप लगाएका हुन्। नेपाली कांग्रेस नवलपरासीले बिहीबा क्षेत्र नम्बर १ मा आयोजना गरेको चुनावी सभामा ठकुरीलाई कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र क्षेत्र नम्बर १ का उम्मेद्वार विनोदकुमार चौधरीले पार्टी प्रवेश गराएका हुन्।


चुनावी सभामा बोल्दै ठकुरीले जिल्लामा आफूहरूले मेहनत पूर्वक गरेको संगठनलाई भताभुङ्ग पार्ने गरी अन्तिम समयमा अन्य दलबाट आएका व्यक्तिलाई टिकट दिएर कार्यकर्ताको मानमर्दन गरेको बताए। रास्वपाले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा कांग्रेसबाट आएकालाई उम्मेद्वार बनाएपछि रास्वपामा असन्तुष्टि छ।



'दुई वटा निर्वाचन क्षेत्रमा पार्टीले सिफारिस गरेका नेतालाई टिकट नदिई आर्थिक चलखेलमा कांग्रेसबाट आएकालाई टिकट दिइयो। यसले सबै साथीको मानमर्दन भएको महशुस गरी पार्टी छाड्ने कठोर निर्णय गरेको हुँ,' ठकुरीले भने।

आफूलाई टिकट दिने भनेर अन्तिम समयको राति ११ बजेसम्म कुराएर आर्थिक चलखेल गरी अपारदर्शी रूपमा अरूलाई टिकट दिएको उनको आरोप थियो। ठकुरी रास्वपाका संस्थापक जिल्ला सभापति थिए। २०७९ को निर्वाचनमा रास्वपाबाट क्षेत्र नम्बर १ मा उनी चुनाव लडेका थिए। नेपाली कांग्रेसका विनोद चौधरी र तत्कालीन जनता प्रगतिशील पार्टीका ह्रदयश त्रिपाठीसँग प्रतिस्पर्धामा रहेका ठकुरीले १२ हजार ४९९ मत ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेनी नगरपालिका-२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ । पर्वत र बागलुङ ...
। प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त गरेलगत्तैदेखि सरकारका अंगहरूले विपद् प्रतिकार्यका काम गरिरहेको बताएका छन् । आइतबार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले यस्तो बताएका हुन् । उनले गोरखाको चुमनुव्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा आज बिहान गएको पहिरोको कारण बूढीगण्डकी नदीमा लेदोसहित बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको बताएका छन् । ‘बाढीमा परी ५ ...
: बूढानीलकण्ठ–१० कपनस्थित बाल उद्वार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र घर भएर काठमाडौंको कपन बस्दै आएका ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली घर भएर कपनमै बस्ने ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्। गत असोज २२ गते बिहान करिब १०ः३४ बजे विद्यालय परिसरमा प्रधानाध्यापकमाथि कुटपिट ...
। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीले निम्त्याएको विनाश भोटेकोशी र त्रिशूली महाविपत्तिकै मिनि संस्करण जस्तो देखिएको बताएका छन्। आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन र पीडितहरूसँगको संवादपछि उनले यस्तो बताएका हुन्। आइतबार डा. भट्टराईले बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायतका क्षेत्रको पुगेर स्थलगत अध्ययन गरेका थिए। सो क्रममा उनले गण्डकी प्रदेशका ...
: गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रस्थित बुढीगण्डकी नदीमा आएको भीषण बाढीमा परेकाहरूको उद्धार र राहत कार्यलाई सरकारले तीव्रता दिएको बताएका छन्। आइतबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको बैठकपछि मन्त्री गुरुङले राहत सामग्रीसहित उद्धारको काम भइरहेको जानकारी दिएका हुन्। उनले बाढीका कारण जलविद्युत् आयोजनाहरूमा क्षति पुगेकाले सोलारमार्फत बत्ती र टेलिफोन सेवा सुचारु गर्ने काम ...