मुख्य समाचार
सर्वोच्च अदालत ले जेननी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार
सर्वोच्च अदालत ले जेननी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार

: सर्वोच्च अदालत ले जेननी आन्दोलनका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न अस्वीकार गरेको छ। सार्वजनिक रूपमा धारणा व्यक्त गरिसकेको आधारमा मात्रै उनलाई पदबाट हटाउन नमिल्ने ठहर अदालतले गरेको हो।



फैसलाको पूर्णपाठमा अदालतले कार्कीले यसअघि सार्वजनिक रूपमा अभिव्यक्त गरेका धारणा उनको व्यक्तिगत नैतिकतासँग सम्बन्धित विषय भएको उल्लेख गरेको छ। आफूले धारणा व्यक्त गरिसकेको विषयमै जाँचबुझ गर्ने जिम्मेवारी स्वीकार गर्ने वा नगर्ने भन्ने निर्णय सम्बन्धित व्यक्तिकै नैतिक विवेक,आत्मसंयम र आचरणको विषय भएको अदालतको भनाइ छ। कानुनले तोकेको योग्यता नपुगेको वा संवैधानिक प्रावधान उल्लङ्घन भएको अवस्था नरहेको भन्दै रिट निवेदन खारेज गरिएको हो।


अधिवक्ता विपिन ढकाल ले आयोगको निष्पक्षता र औचित्यमाथि प्रश्न उठाउँदै दायर गरेको रिट सर्वोच्चले पुस ११ गते नै खारेज गरेको थियो। न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको थियो। उक्त फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो।



अदालतले केवल नैतिक मूल्याङ्कनका आधारमा व्यक्तिलाई पदमुक्त गर्न खोज्दा न्यायिक अधिकारको सीमा विस्तार (Judicial Overreach)हुन सक्ने जोखिम रहने उल्लेख गरेको छ। संविधान वा कानुनको स्पष्ट उल्लङ्घन भएको अवस्थामा मात्र न्यायिक हस्तक्षेप उपयुक्त हुने अदालतको ठहर छ।

यद्यपि, भविष्यमा सार्वजनिक महत्त्वका विषयमा जाँचबुझ आयोग गठन गर्दा पदाधिकारीको निष्पक्षता र तटस्थतामा प्रश्न नउठ्ने तथा आयोगप्रति सार्वजनिक विश्वास कायम रहने गरी नियुक्ति गर्नुपर्ने भन्दै नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा निर्देशनात्मक आदेशसमेत जारी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मेल ग्रिफिथ्स ४५ वर्षकी हुँदा उनलाई दोस्रो पटक स्तन क्यान्सर भएको जानकारी दिइयो । त्यस बेला उनलाई आफू मर्ने नै हो कि भन्ने डर लागेको थियो । उनी उपचारका लागि हस्पिस (ज्यकउष्अभ) मा जान सुझाव दिइएपछि डर अझ बढ्यो । किनभने उनको बुझाइमा हस्पिस भनेको जीवनको अन्तिम अवस्थामा गरिने हेरचाहसँग सम्बन्धित ठाउँ थियो । उनले ...
: विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत सइ ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको जानकारी दिए । उनका अनुसार हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट अन्तिम सुनुवाइका लागि पूर्ण इजलासमा पठाइने भएको छ। न्यायाधीश सपना मल्ल प्रधान र श्रीकान्त पौडेलको बुधबारको संयुक्त इजलासले अन्तिम सुनुवाइका लागि रिट पूर्ण इजलासमा पठाउने आदेश जारी गरेको हो। आइतबार पूर्ण इजलासमा सुनुवाइका लागि ...
: सुर्खेतको गुर्भाकोट नगरपालिका घर भई वीरेन्द्रनगरमा बस्दै आएको थियो,इनिसा विकको परिवार। उनी सधैं झैं यही फागुन २३ गते पनि बिहान ६ बजे ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किइन्। उनी वीरेन्द्रनगरस्थित उषा बालवाटिका माविमा कक्षा ११ मा अध्ययनरत थिइन्। बिहान ८ बजेभित्रै घर फर्किने छोरी ९ बजेसम्म पनि घर नफर्किएपछि उनकी आमाले फोन गरिन्। तर,फोन ...
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपाति दुबैको नतिजा आई सक्दा ६ वटाले मात्र राष्ट्रिय दलको मान्यता