: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत संकटा क्लबले चित्लाङ फुटबल क्लबलाई ४–० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले एकतर्फी जित निकालेको हो। संकटाको जितमा रिचार्ड ओनिमाले ह्याट्रिक गरे । पहिलो हाफमा ३ गोल गरेको संकटाले दोस्रो हाफमा १ गोल थप्यो ।
पहिलो मिनेटमा रिचार्ड ओनिमाले गोल गर्दै संकटाको अग्रता बनाएका थिए । खेलको ३५ औं मिनेटमा ताई डेनियल बडारुले १ गोल गरे। पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा ओनिमाले व्याक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे । खेलको ७५ औं मिनेटमा रिचार्डले व्याक्तिगत ह्याट्रिक पूरा गरेका हुन् । दुवै टोलीको यो आठौं खेल हो । आठौं खेलमा ३ अंक जोड्दै ११ औं स्थानमा रहेको संकटा क्लब नवौं स्थानमा उक्लिएको हो ।