मुख्य समाचार
उच्चस्तरीय कुटनीतिक माध्यमबाट बेलायत सरकारसँग छलफल गरेर भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न आदेश
उच्चस्तरीय कुटनीतिक माध्यमबाट बेलायत सरकारसँग छलफल गरेर भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न आदेश

:सर्वोच्च अदालतले उच्चस्तरीय कुटनीतिक माध्यमबाट बेलायत सरकारसँग छलफल गरेर भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न आदेश जारी गरेको छ। ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समिति नेपालको संयोजक भीमबहादुर लिम्बू तावा र प्रमुख सल्लाहकार लाल बहादुर घिसिङले दायर गरेको मुद्दाको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो।



पूर्णपाठमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट बेलायत सरकारसँग भूतपूर्व गोर्खा सैनिकको समस्यबारे परिमाणमुखी वार्ता थप पहल गर्न निर्देशनात्मक आदेश जारी गरेको उल्लेख छ।


सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासले दुई शताब्दीदेखि बेलायती सेनामा बेलायती सेनासरह सेवारत रहेका गोर्खा सैनिकहरूले हालसम्म पनि असमान व्यवहार सहनु परेको भन्दै सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको हो।



'गोर्खा भर्ती प्रारम्भ भएको लगभग २१० वर्ष पश्चातन पनि भूतपूर्व गोर्खा सैनिकहरूले पाउनुपर्ने अधिकारबाट बञ्चित हुनुपर्ने अवस्था सृजना भएतर्फ यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ,'फैसलामा भनिएको छ,' तसर्थ प्रस्तुत रिट निवेदनको विषयको संवेदनशिलता तथा अत्यावश्यकतालाई समेत ध्यानमा राखी सो विषयमा सम्बन्धित निकायबाट यथासिघ्र आवश्यक पहलहरू गर्नु भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,नेपाल सरकार परराष्ट्र मन्त्रालय,नेपाल सरकार,रक्षा मन्त्रालयको नाउँमा निर्देशनात्मक आदेश जारी गरिएको छ।'

यसैगरी सर्वोच्चले भूतपूर्व गोर्खा सैनिकहरूले प्राप्त गर्ने पेन्सन भारत मार्फत आउने सम्झौताको व्यवस्थामा परिमार्जन गरी बेलायतबाट सिधै नेपालमा आउने व्यवस्था गर्न समेत आदेश जारी गरेको छ। हालको मितिसम्म गोर्खा भर्तीमा सेवारत रहेका र सेवारत भइ अवकास प्राप्त गोर्खा सैनिकहरूको वास्ताविक तथ्यांक बेलायत सरकारसँग माग गर्ने र सो को तथ्यांक उपरान्त नेपाल सरकारले समेत राख्ने व्यवस्था गर्ने फैसलामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभित्र सञ्चालन हुँदै आएका सबै रात्रिकालीन व्यवसाय राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाएको हो। सो समयपछि सबै रात्रिकालीन ...
: निर्वाचन आयोगले जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बिहीबार पत्राचार गरेको छ। बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ मा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन दबाउन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको दाबी गरिएको ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिए। उनका अनुसार सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ...
: प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ। सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ ...
: आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन्। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ। मतदानका ...