: उत्तरी गोरखाको छेकम्पारस्थित एक घरमा आगलागी भएको छ । चुमनुब्री गाउँपालिका–७ छुलेका तेञ्जिङ थाया लामाको घरमा आगालागी भएको वडाअध्यक्ष टासी दोर्जे लामाले जानकारी दिए ।
घरमा साँझको पूजामा बालेको बत्तीबाट आगो सल्किएर पूजाकोठा, भान्साकोठा जलेर सबै सामग्री नष्ट भएको उनले बताए । घरभित्र रहेका महंगा तथा महत्वपूर्ण सामान जलेर नष्ट भएको उनको भनाइ छ । घटना भएको थाहा पाएपछि गाउँलेहरु मिलेर आगो निभाएका थिए । तर घर बस्नयोग्य नभएको स्थानीय धावा छिरिङ लामाले जानकारी दिए ।