मुख्य समाचार
नेताहरूको अभिभावकत्वमा बदलिएको कांग्रेसले देशको नेतृत्व गर्ने
नेताहरूको अभिभावकत्वमा बदलिएको कांग्रेसले देशको नेतृत्व गर्ने

: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शीर्ष नेताहरूको अभिभावकत्वमा बदलिएको कांग्रेसले देशको नेतृत्व गर्ने बताएका छन् । वर्तमान राष्ट्रिय आवश्यकतालाई पूरा गर्ने पार्टी कांग्रेस मात्र रहेको दाबी गर्दै सक्षम र विज्ञहरूको ‘परफेक्ट टिम’सहित सरकारको नेतृत्व गर्ने शर्माको भनाइ छ ।



नवलपरासीमा रहेका दुईवटा निर्वाचन क्षेत्रमा पर्ने चौपाता र परासीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले गगन थापा नेतृत्वमा अनुभवी र योग्य व्यक्तिहरूलाई समेटेर अघि बढ्ने बताए । ‘गगन थापा प्रधानमन्त्री बन्दैमा देश बन्छ भनेर हामी भन्दैनौं । उहाँको नेतृत्वमा योग्य र विज्ञलाई जोडेर शेरबहादुर देउवालगायतका सबै शीर्ष नेताको मार्गदर्शनमा बदलिएको कांग्रेस टिमले सरकारको नेतृत्व गर्छ ,'शर्माले भने ।


प्रधानमन्त्री बन्नु कुनै फिल्मको हिरो बन्नुजस्तो नभएको उल्लेख गर्दै उनले देश विकासका लागि सिंगो टिम आवश्यक पर्ने धारणा राखे । ‘एउटा हिरोका कारण फिल्म चल्ला तर देश चल्दैन । देश बनाउन सशक्त र सक्षम टिम चाहिन्छ । त्यो टिम कांग्रेसले बनाएर अघि बढ्छ,'उनले भने।



देशभरका कांग्रेस उम्मेदवारले गरेका प्रतिबद्धता कांग्रेस पार्टीको प्रतिबद्धता भएको र त्यो पूरा हुने उनले मतदातालाई आश्वासन दिए । ‘कांग्रेसले जुन कुरा गर्न सक्छ त्यो कुरा गर्छ । अहिले उम्मेदवारहरूले गरेको प्रतिबद्धता भावी प्रधानमन्त्री गगनको पनि प्रतिबद्धता हो । त्यसैले जिम्मेवार पार्टीका हैसियतले ती प्रतिबद्धता पूरा हुन्छन् म वाचा गर्छु ,'नेता शर्माले भने ।

विभिन्न दलमा रहेका नेता र कार्यकर्ताहरू अहिले कांग्रेसमा आउने लहर आएको भन्दै नयाँ पुस्ताका माग र चाहनालाई पूरा गर्न पनि कांग्रेसका उम्मेदवारलाई जिताएर पठाउन उनले आग्रह गरे । कांग्रेसले नवलपरासी क्षेत्र नम्बर १ मा उद्योगपति एवं निवर्तमान सांसद बिनोदकुमार चौधरी र क्षेत्र नम्बर २ मा भीमबहादुर थापा(भरत)लाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभित्र सञ्चालन हुँदै आएका सबै रात्रिकालीन व्यवसाय राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाएको हो। सो समयपछि सबै रात्रिकालीन ...
: निर्वाचन आयोगले जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बिहीबार पत्राचार गरेको छ। बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ मा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन दबाउन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको दाबी गरिएको ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिए। उनका अनुसार सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ...
: प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ। सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ ...
: आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन्। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ। मतदानका ...