मुख्य समाचार
रवि लामिछानेले अहिलेको चुनावलाई महाभारत भएको भन्दै को कौरव हुन् र को पाण्डव हुन् छुट्याउन आग्रह
रवि लामिछानेले अहिलेको चुनावलाई महाभारत भएको भन्दै को कौरव हुन् र को पाण्डव हुन् छुट्याउन आग्रह

: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको चुनावलाई महाभारत भएको भन्दै को कौरव हुन् र को पाण्डव हुन् छुट्याउन आग्रह गरेका छन् । गोरखाको पालुङ्टारमा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले आफूहरू जनताबाट पाएको विश्वासलाई जोगाइराख्न अत्यन्तै सचेत रहेको बताए ।



‘यो महाभारत हो,यहाँ को कौरव हुन्,को पाण्डव हुन् तपाईंहरूले छुट्याउनुहोस्’,उनले भने,‘हामी को हौँ, हामीले भन्ने कुरा होइन,तपाईंले भन्ने कुरा हो । तर यसपटक परिवर्तनको जबर्जस्ती घण्टी बजाउनु पर्छ ।’


उनले अर्को एक प्रसंगमा किस्तीमा आएको प्रधानमन्त्री पद त्यागेर कैदी हुन रोजेको बताए । ‘प्रधानमन्त्री त मलाई यिनले किस्तीमा राखेर दिएका थिए । तर किस्तीमा आएको प्रधानमन्त्री छोडेर कैदी हुन रोजेको मान्छे हुँ म । यिनका घरमा जलेका एउटा दुइटा बोरामा कम्प्रमाइज गरौं भनेको भए गर्न सकिन्थ्यो होला नि । तर जनतालाई धोका दिन्न, बरु ज्यान दिन तयार छु ।’



आफूलाई कहिलेकहीँ आफैसँग डर लाग्ने भन्दै उनले जनताको आशा र भरोसा पानीमा मिलाइन्छ कि,जनतालाई धोका दिइन्छ कि,मति भ्रष्ट भइन्छ कि,विवेक शून्य भइन्छ कि,बहुलाइन्छ कि भनेर डर लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभित्र सञ्चालन हुँदै आएका सबै रात्रिकालीन व्यवसाय राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाएको हो। सो समयपछि सबै रात्रिकालीन ...
: निर्वाचन आयोगले जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बिहीबार पत्राचार गरेको छ। बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ मा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन दबाउन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको दाबी गरिएको ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिए। उनका अनुसार सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ...
: प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ। सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ ...
: आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन्। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ। मतदानका ...