मुख्य समाचार
फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक
फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक

: निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने जनाएको छ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने सम्बन्धमा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको दिनमा अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स, दमकल,शवबाहन,रक्तसञ्चार सेवाका साधन,सुरक्षा निकायका सवारीसाधन,विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत,दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने,कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।



मतदानको मितिभन्दा सातदिन अघिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादकपदार्थ बिक्रीवितरण तथा सेवन गर्न मुलुकभर प्रतिबन्ध लगाउन गृहमन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको छ । बैठकबाट निर्वाचन सुरक्षाका लागि ७७ वटै जिल्लामा मादकपदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबद्ध लगाउने निर्णय गरिएको हो ।


जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँकतै भए/गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन पनि गृहमन्त्रालयमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ।



उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकमा योजनाको समीक्षा,सुरक्षा वस्तुस्थितिको आकलन तथा सुरक्षा व्यवस्थासम्बन्धी मार्गदर्शन तथा सिफारिसका आधारमा निर्वाचनलाई स्वच्छ, विश्वसनीय तथा भयरहित वातावरणमा सम्पन्न गर्न मन्त्रालयलाई लेखी पठाउने निर्णय भएको हो । यसका लागि फागुन १८ गते राति १२ बजेदेखि लागू हुने निर्वाचन प्रचारप्रसार निषेध अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन गृहमन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायहरूलाई निर्देशन दिइएको छ ।

आयोगका अनुसार मतदानको दिनमा अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू यथावत् सञ्चालनको व्यवस्था मिलाइएको छ । अन्तरराष्ट्रिय र आन्तरिकतर्फका हवाई उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलबाट घर/बसोबास गर्ने होटलसम्म र घर/बसोबास गर्ने होटलबाट विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाइएको छ ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०८२ को दफा ६ मा उल्लेख भएबमोजिम निर्वाचनमा शान्ति सुरक्षा कायम गर्ने सम्बन्धमा तोकिएका सबै कार्यहरूसहित सोही दफाको खण्ड (झ) मा उल्लेख भएको निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि सम्बन्धित जिल्लाका अन्तरराष्ट्रिय सीमानाका बन्द गर्ने व्यवस्था मिलाउन पनि आयोगले गृहमार्फत ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र लेखी पठाएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन (मतदान) निर्देशका, २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपूर्जा वा सवारीचालक अनुमति पत्र लिएर मतदान केन्द्रमा जानुपर्ने गरी व्यवस्था गरिएकाले सोबमोजिम कुनै एउटा कागजात साथमा लिएर मतदान गर्न जाने मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न पाउनेबारे मतदानमा खटिने सुरक्षाकर्मी,कर्मचारी र सरोकार भएका सबैलाई सूचना सम्प्रेषण गर्न पनि निर्देशन दिइएको आयोगले जनाएको छ।

आयोगले जारी गरेको सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि,२०८२ बमोजिम मतदानको दिनमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी हुने सवारी पास उपलब्ध गराउन आयोगको सचिवालय परिसरमा पास वितरण इकाइ खडा गरिने छ ।

सो इकाईमा आयोगको तर्फबाट दुईजना र जिल्ला प्रशासन कार्यालय,काठमाडौंको तर्फबाट दुई जना कर्मचारी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जिल्ला प्रशासन कार्यालय काठमाडौंले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं जिल्लाभित्र सञ्चालन हुँदै आएका सबै रात्रिकालीन व्यवसाय राति ९:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयले एक सूचना जारी गर्दै फागुन १८ गतेदेखि अर्को निर्णय नभएसम्मका लागि उक्त व्यवस्था लागू हुने जनाएको हो। सो समयपछि सबै रात्रिकालीन ...
: निर्वाचन आयोगले जेन–जी आन्दोलनबारे बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई बिहीबार पत्राचार गरेको छ। बीबीसी वल्र्ड सर्भिसले तयार गरेको वृत्तचित्र ‘सट लाइक द इनिमिजः इन्साइड नेपाल्स जेन–जी अपराइजिङ’ मा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलन दबाउन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश दिएको दाबी गरिएको ...
: पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोकनजिक सडक किनारमा एकजना पुरुषको शव भेटिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले सुन्दरहरैँचा–७ का अन्दाजी ६५ वर्षीय लोकबहादुर भुजेल मृत फेला परेको जानकारी दिए। उनका अनुसार सवारीसाधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ। ठडिया चोकबाट करिब ५ सय मिटर पर सडक किनारमा शुक्रबार बिहान ...
: प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै रुपन्देहीमा मदिरा बिक्री वितरण तथा सार्वजनिक स्थानमा सेवनमा रोक लगाइएको छ। सुरक्षा व्यवस्था सम्बन्धमा निर्वाचन आयोग निर्णयअनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्नका मदिराको विक्री तथा सार्वजनिक स्थानमा सेवनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा जारी सूचनामा उल्लेख छ। रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ ...
: आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली सेनाका करिब ८० हजार सैनिक खटिने भएका छन्। फागुन २१ गते हुने निर्वाचनमा देशभरि करिब ८० हजार सैनिक खटिने भएका हुन्। नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार निर्वाचनसम्बन्धी मुख्य कामहरूमा सैनिक अधिकारीहरूले भूमिका खेल्नेछन्। मतपत्र छपाईदेखि मतपत्र, मतपपेटिकाको सुरक्षा तथा निर्वाचन सामग्री ढुवानीमा पनि सेनाको मुख्य भूमिका रहने स्रोतले जनाएको छ। मतदानका ...