मुख्य समाचार
जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सन् २०३१ को मार्च महिनासम्ममा ताइवानबाट ११० किलोमिटरको दुर्गम पश्चिमी टापु 'योनागुनी' मा जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू तैनाथ गरिने घोषणा
जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सन् २०३१ को मार्च महिनासम्ममा ताइवानबाट ११० किलोमिटरको दुर्गम पश्चिमी टापु 'योनागुनी' मा जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू तैनाथ गरिने घोषणा

: जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सन् २०३१ को मार्च महिनासम्ममा ताइवानबाट ११० किलोमिटरको दुर्गम पश्चिमी टापु 'योनागुनी' मा जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू तैनाथ गरिने घोषणा गरेका छन् ।

सन् २०२२ मा यो योजना घोषणा गरिए पनि जापानले सैन्य योजनाको निश्चित समयतालिका पहिलो पटक सार्वजनिक गरेको हो जसलाई यस क्षेत्रमा बढ्दो चिनियाँ सैन्य गतिविधिलाई नियन्त्रण गर्ने प्रयासको रूपमा हेरिएको छ ।


जापानी रक्षामन्त्रीका अनुसार योनागुनीमा मध्यम दूरीका क्षेप्यास्त्रहरुले भरिपूर्ण हुनेछन्, जसले शत्रुको विमान र क्षेप्यास्त्रहरूलाई रोक्न सक्नेछन्।जापानको यो निर्णय चीनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै २० वटा जापानी कम्पनीहरूमाथि निर्यात प्रतिबन्ध लगाए पश्चात आएको हो ।

प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा रहेको जापानी सरकारले चिनियाँ दबाब र आर्थिक प्रतिबन्धका बाबजुद आफ्नो क्षमतालाई अझ सुदृढ बनाउने रणनीतिका साथ अगाडि बढेको देखिन्छ।

ताइवानमाथि आक्रमण भएमा जापानले आफ्नो आत्मरक्षा बल परिचालन गर्न सक्ने प्रधानमन्त्री ताकाइचीको संकेतपछि बेइजिङले जापानमाथि कडा कूटनीतिक र आर्थिक दबाब सिर्जना गर्दै आएको छ ।

विगत एक दशकमा जापानले योनागुनी टापुलाई महत्वपूर्ण सैन्य चौकीमा परिणत गरिसकेको छ जहाँ हाल तटीय निगरानीका लागि १६० सुरक्षाकर्मीहरू तैनाथ छन् ,भने अब त्यहाँ 'आक्रमण रोक्ने' क्षेप्यास्त्रहरू राखिँदैछ।

साथै सन् २०२६ सम्म इलेक्ट्रोनिक वारफेयर युनिटको स्थापनाले जापानले आधुनिक प्रविधिमार्फत चीनको राडार र सञ्चार प्रणालीलाई समेत चुनौती दिन खोजेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । ...
। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटरसम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजेसम्म आइ पुग्न सक्ने जनाइएको छ । जापानी मिडीया एन एच ...
। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर ...
। जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ । नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा १५ औं संस्करणको महोत्सव आयोजना हुन लागेको हो । एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार यसपटकको फेस्टिभललाई नेपाली समुदायभन्दा पर विस्तार गर्ने लक्ष्य छ ...
। जापानले भिसा शुल्क बढाउने निर्णय गरेको छ। ४८ वर्षपछि भिसा शुल्क संशोधन गर्ने निर्णय बुधबार जापान सरकारको मन्त्रिपरिषद बैठकले गरेको हो । सन् १९७८ यता भिसा शुल्कमा कुनै परिवर्तन गरिएको थिएन । कति बढ्यो भिसा शुल्क ? जापान टाइम्सका अनुसार, भिसा शुल्क बढाएर सिङ्गल-इन्ट्री भिसाका लागि हालको ३,००० येनबाट बढाएर १५,००० येन पुर्‍याइने निर्णय मन्त्रिपरिषद्ले गरेको ...