मुख्य समाचार
एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित
एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित

: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ ।





त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता बनाएका थिए ।



अब्दुल युसुफ हाउलेले ३७ औं मिनेटमा व्याक्तिगत पहिलो र टिमको लागि दोस्रो गोल गरे । दोस्रो हाफमा लालीगुराँसका लागि हाउलेले २ गोल गरे । उनले खेलको ५५ औं र ५६ औं मिनेटमा गोल गर्दै व्याक्तिगत ह्याट्रिक पूरा गरे । काँक्रेविहार युथ क्लबका लागि खेलको ७१ औं मिनेटमा सोनम आचार्यले सान्त्वना गोल फर्काए ।

लालीगुराँसले काँक्रेविहारलाई पराजित गर्दै हालसम्म आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लालीगुराँसले ७ खेलमा ५ जित र २ बराबरीसहित १७ अंक जोडेको हो । आजको दोस्रो खेलमा सातदोबाटो युथ क्लब र श्री भगवती क्लबले भने गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: टी–२० विश्वकप २०२६ खेल्न भारतमा रहेको वेस्ट इण्डिजले आफ्नो खेलाडीलाई व्यवसायिक उडानमार्फत स्वदेश फर्काउने भएको छ । मध्य पूर्वमा चलिरहेको तनावको अवस्थाका कारण मार्च १ मा विश्वकपबाट बाहिरिएको वेस्ट इण्डिज कोलकातामा अड्किरहेको थियो । जसका कारण खेलाडी तथा अफिसियलहरु स्वदेश फर्कन ढिलाइ भएको थियो । विशेषतः दक्षिण अफ्रिका र वेस्ट इण्डिजको टिम यो समस्याका ...
: नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दिपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रियको अलराउण्डरतर्फ चौंथो स्थानमा यथावत रहेका छन् । अन्तर्राट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मंगलबारसम्मको नतिजा सम्मिलित सूची बुधबार सार्वजनिक गरेको हो । पुरुषतर्फको टी–२० अलराउण्डर वरियतातर्फ दिपेन्द्र चौंथो स्थानमा यथावत रहेका हुन् । टी–२० विश्वकप अगाडि छैटौं स्थानमा रहेका दिपेन्द्र टी–२० विश्वकपमा गरेको प्रदर्शनपछि चौथो स्थानमा यथावत ...
: प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको आठौँ संस्करण चारवटा भेन्युमा हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंका दुईवटा भेन्यु संलग्न गरी विशेषत पर्सा र जनकपुरमा यो संस्करणको खेलहरू हुने जानकारी दिएको हो। नेपाल क्रिकेट संघले सोमबार प्रधानमन्त्री कपको तालिका सार्वजनिक गरेको हो । जसमा काठमाडौंका दुईवटा स्थान (त्रिभुवन अन्तर्राष्ट्रिय ...
: अखिल नेपाल फुटबल संघ (एन्फा) र फुटबल खेलाडी संघबीच लामो रस्साकस्सीपछि ए डिभिजन लिग हजाभन्दा बढी दिनपछि मैदानमा फर्कने भएको छ। मंगलबार एन्फा र खेलाडी संघले यस विषयमा सम्झौता गर्दै ए डिभिजन लिगको मिति टुंगो लगाएका हुन्। टप टायरको लिग नियमित सञ्चालन हुनुपर्ने लगायतका माग राख्दै पछिल्ला केही महिनायता खेलाडी संघले भौतिक रूपमा नै एन्फामा ...
। अस्ट्रेलियाले इरानको महिला फुटबल टोलीका पाँच खेलाडीलाई शरण (आश्रय) दिने निर्णय गरेको छ। इरान फर्किएपछि सजाय हुन सक्ने डरका कारण उनीहरूलाई अस्ट्रेलियामा बस्न अनुमति दिइएको हो। अस्ट्रेलियाका गृहमन्त्री टोनी बुर्कले सोमबार पत्रकार सम्मेलनमा ती खेलाडीलाई अस्ट्रेलियामा सुरक्षित रूपमा बस्न सक्ने जानकारी दिएको बताए। ‘खेलाडीहरू यहाँ सुरक्षित छन् र अस्ट्रेलियामै बस्न चाहे स्वागत छ’ उनले भनेका ...