मुख्य समाचार
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा २ करोड ५२ लाख ६० हजार रुपैयाँ आर्थिक अनियमितता भएको पुष्टि
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा २ करोड ५२ लाख ६० हजार रुपैयाँ आर्थिक अनियमितता भएको पुष्टि

: सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा २ करोड ५२ लाख ६० हजार रुपैयाँ आर्थिक अनियमितता भएको पुष्टि भएको छ । चार महिना बढी समय लगाएर गरिएको आन्तरिक छानबिनले उक्त रकम बराबरको औषधि बिक्री गरेको रकम घोटाला भएको पाइएको हो । तर छानबिन प्रतिवेदन व्यवस्थापन समक्ष बुझाइसक्दा पनि प्रतिष्ठानले हालसम्म सार्वजनिक नगरेपछि पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ ।

गत असोज ३१ गते अन्नपूर्ण पोस्टले बीपी प्रतिष्ठानको फार्मेसीमा ५२ लाख बढी अनियमितता भएको समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि प्रतिष्ठानले औषधि खरिद, बिक्री र स्टक व्यवस्थापनसम्बन्धी विषयमा छानबिन गर्न डाक्टर बिष्णु पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो ।


छानबिन समितिले करिब साढे चार महिना लगाएर कागजात परीक्षण, स्टक भेरिफिकेसन, बिल–भौचर मिलान तथा सम्बन्धित कर्मचारीसँग सोधपुछ गरी प्रतिवेदन बुझाएको छ । समितिका संयोजक डा. पोखरेलले छानबिन सम्पन्न गरी सुझावसहितको प्रतिवेदन प्रतिष्ठानका उपकुलपति डा. बिक्रमप्रसाद श्रेष्ठ र रजिस्ट्रार डा. सूर्यप्रसाद संग्रौलालाई संयुक्त रूपमा बुझाइएको जानकारी दिएका छन् ।



प्रतिवेदनमा औषधि खरिद प्रक्रिया, मौज्दात व्यवस्थापन र बिक्री अभिलेखमा गम्भीर त्रुटि देखिएको उल्लेख गरिएको स्रोतले जानकारी दिएको छ । प्रतिवेदनमा २ करोड ५२ लाख ६० हजार रुपैयाँ बराबरको अनियमितता पुष्टि भएको उल्लेख छ । तर यति ठूलो आर्थिक हिनामिना हुँदा समेत प्रतिष्ठान व्यवस्थापनले प्रतिवेदन गोप्य राखेको छ ।

छानबिनमा प्रतिष्ठानका निर्देशक डा. जगतनारायण प्रसाद, पूर्व निर्देशक डा. गौरीशंकर साह, पूर्व डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी इन्चार्ज लक्ष्मण महर्जन, विवेक दाहाल, कर्मचारी आपूर्तिको ठेक्का पाएको केटिएम सेक्युरिटी सर्भिसेस प्रालि तथा अन्य कर्मचारी गरी दर्जनभन्दा बढी व्यक्तिको संलग्नता देखिएको उल्लेख छ ।

समितिले संलग्न व्यक्तिको नाम र उनीहरूबाट भएको भनिएको रकम समेत स्पष्ट रूपमा उल्लेख गरी व्यवस्थापनलाई बुझाएको बताइएको छ । प्रतिष्ठान प्रशासनले प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको छ । स्रोतका अनुसार प्रतिष्ठान ब्यबस्थापन पक्षले प्रतिवेदन सार्वजनिक नगरी आन्तरिक रूपमा मात्र कार्बाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ । यसले पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।

नेपाल सरकारले प्रतिष्ठानलाई आफ्नै फार्मेसी सञ्चालन गरी बिरामीलाई सुलभ र पारदर्शी ढंगले औषधि उपलब्ध गराउन निर्देशन दिएपछि २०७३ सालदेखि फार्मेसी सञ्चालनमा आएको थियो । बिरामीलाई बजारभन्दा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको फार्मेसीमै यति ठूलो आर्थिक अनियमितता भएको पुष्टि हुनु गम्भीर विषय मानिएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रबि राईले प्रतिष्ठानको फार्मेसीमा भएको औषधि घोटालाका दोषीमाथि कडा कारबाही गर्न र छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् । उनले सार्वजनिक संस्थामा भएको आर्थिक अनियमितता लुकाउनु स्वयंमा अर्को गम्भीर त्रुटि हुने भन्दै पारदर्शिता अपनाउन आग्रह गरेका छन् ।

यस विषयमा प्रतिष्ठानका कुलपति डा. बिक्रमप्रसाद श्रेष्ठले छानबिन प्रतिवेदन कानुनी प्रक्रिया अनुसार अघि बढाइने बताएका छन् । उनका अनुसार प्रतिवेदन अध्ययनका लागि प्रतिष्ठानका कानुनी सल्लाहकारलाई लिखित राय माग गरिएको छ । कानुनी सल्लाह प्राप्त भएपछि औषधि घोटालामा संलग्न देखिएका कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइने उपकुलपति श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम