मुख्य समाचार
भारतीय गिरोहको ठगीधन्दा, एक नेपालीसहित सात जना पक्राउ
भारतीय गिरोहको ठगीधन्दा, एक नेपालीसहित सात जना पक्राउ

: नेपाल-भारत सीमावर्ती बजार क्षेत्रमा सक्रिय एक भारतीय गिरोहले ठगी धन्दा सञ्चालन गर्दै आफ्नै देशका नागरिकलाई लुट्दै आएको एउटा घटना सार्वजनिक भएको छ।

घटनामा संलग्न एक नेपाली नागरिक, ६ भारतीय नागरिकसहित सात जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।


उनीहरूले नेपालका सीमावर्ती क्षेत्रमा बसेर विभिन्न बहाना बनाउँदै आफ्नै देशका नागरिकलाई लक्षित गरी करोडौँ रकम असुल्ने योजना बनाउँदै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल आदर्श पल्लीका ४५ वर्षीय अरिन्दम धर, पश्चिम बंगाल सारत पल्लीका ३६ वर्षीया दिपा भौमिक, पश्चिम बंगाल दक्षिण २४ परगना हरिनभीका ३५ वर्षीय सुमन सरकार, पश्चिम बंगाल दक्षिण २४ परगना मुसलमान पाराका ३७ वर्षीय नुर कलाम शेख, पश्चिम बंगाल जलपाईगुरीका ५२ वर्षीय अबेद अली होसैन, पश्चिम बंगाल राज्य उत्तर दिनाजपुर फालाहाकाटाका २० वर्षीय फारुक अज्मी र झापा कमल गाउँपालिका-६ का ४३ वर्षीय देवेन्द्र सापकोटा रहेका छन्।

घटनाको बारेमा जानकारी गराउँदै प्रहरी प्रवक्ता तथा डीएसपी खगेन्द्रबहादुर खड्काले गिरोहका सदस्यहरूले नेपालमा आफूहरूले व्यापारमा लगानी गरी मनग्य नाफा कमाएको तर कानुनी अड्चनका कारण उक्त रकम नेपालका सरकारी निकायले जफत गरेको दाबी गर्ने र सो रकम भारततर्फ ल्याउन ‘पेनाल्टी’ स्वरूप जरिवाना तिर्नुपर्ने भएकाले तत्काल केही रकम आवश्यक परेको भन्दै उनीहरूले विभिन्न प्रलोभन देखाएर चिनजान वा व्यापारिक पृष्ठभूमिका व्यक्तिहरूलाई भिडियो सन्देश पठाएर रकम असुल्ने योजना बनाउँदै आएका थिए। उनीहरूले यस पटक एक जना कलकत्ताका एक व्यवसायलाई प्रलोभनमा पारी १२ करोड भारतीय रुपैयाँ असुल्ने योजना बनाएको अनुसन्धानको क्रममा खुलेको छ।

घटना विवरण अनुसार मंगलबार साँझ ६ बजेको समयमा डब्लुबी ०६एक्स०३०० नम्बरको टोयोटा कम्पनीको फच्र्युनर र डब्लुबी ०६ यु ३००६ नम्बरको सुजुकी कार शङ्कास्पद रुपमा चन्द्रगढी बजारबाट काँकडभिट्टा तर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल, २ नम्बर हेडक्वार्टर गणले भद्रपुर-८ स्थित घोडामारामा चेकजाँच क्रममा दुवै गाडीहरूलाई रोकेर चेकजाँच गर्दा नेपाल प्रहरीको आइडी कार्ड, सरकारी छाप लगायतका अन्य कागजातहरू फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाइएका थिए।

प्रहरीले थप अनुसन्धान गर्दा उनीहरूले मेचीनगर नगरपालिका ४ आमडाँगीस्थित लुकाइछिपाई राखिएको २१ वटा टिनको बक्सा र २३७ बन्डल नोट आकारको सादा कागज राखेको जानकारी दिएपछि सो सामान पनि बरामद गरिएको डीएसपी खडकाले बताए । साथै उनीहरूको साथबाट सरकारी छाप तथा दस्तखत किर्ते कागजातहरू, नेपाल सरकारको निशान छाप र नेपाल प्रहरीको किर्ते गरी बनाइएको परिचय पत्र, नक्कली सरकारी डकुमेन्टहरू समेत बरामद भएको उनको भनाई छ।

‘उनीहरूले नोट आकारको सादा कागजको प्रत्येक बन्डलमा तल माथि सक्कली नेपाली नोट र साथमा सरकारी कार्यालयको पत्र समेत राखी आफूले व्यापारमा लगानी गरी नाफा कमाएको रकम यो भन्दै व्यवसायलाई प्रलोभनमा पार्न भिडियो सन्देश पाउँथ्यो,’ उनले भने। डेढ महिना अगाडि उनीहरूले पैसाको फोटो र भिडियो बनाउन मेचीनगर ४ स्थित एक होटेलमा कोठा ल्याइ उक्त टिनको बक्सा र नोट आकारको सादा कागजको बन्डलको फोटो तथा भिडियो बनाएको उनले बताए।

उनीहरूले त्यसरी लुटेका रकम नेपालका विभिन्न क्यासिनोमा लगानी गर्ने योजना बनाएका थिए। त्यसमध्ये पक्राउ परेका अरन्दिम धर काठमाडौंको एउटा क्यासिनोमा लगानी गरिसकेका व्यक्ति हुन्। पक्राउ परेका उनीहरूलाई मुलुकी अपराध संहित २०७४ बमोजिम लिखत सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले देश विभाजन गर्न खोज्नेहरु अब किनारा लाग्ने बताएका छन् । जनकपुर मन्दिर परिक्रमा गर्ने क्रममा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै सभापति लामिछानेले देश र मधेस विभाजन गर्न खोज्ने राजनीतिको अन्त्य गर्ने दावी गरे । सभापति लामिछानेले अघिल्लो निर्वाचनमा सुशासनको मुद्दा बलियो गरी उठाए पनि विभेदको विषयमा पर्याप्त आवाज उठाउन ...
: सर्वोच्च अदालतले बालयौन दुराचार (जबरजस्ती करणी) सम्बन्धी मुद्दामा पीडक नाबालक भए पनि पीडितलाई क्षतिपूर्ति अनिवार्य रूपमा दिलाउनुपर्ने फैसला सुनाएको छ। उमेरका आधारमा आपराधिक सजायमा केही छुट हुन सक्ने भए पनि क्षतिपूर्ति दायित्वबाट उन्मुक्ति दिन नमिल्ने अदालतले स्पष्ट गरेको हो। न्यायाधीश सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासले तल्लो अदालतका फैसला उल्ट्याउँदै पीडित बालिकालाई ५० ...
: नुवाकोटको मध्यपहाडी सडकमार्ग अन्र्तगत थानसिङमा यात्रुवाहक टाटासुमो दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि २८ किलोमिटर पूर्वमा रहेको उक्त सडकमार्ग अन्तर्गत नुवाकोटको लिखु गाउंपालिका– ६ थानसिङस्थित फंगटेमा वुधवार दुर्घटनाग्रस्त भएको हो । दुप्चेश्वरबाट काठमाडौतर्फ जाँदै गरेको ना १ ज ६६६५ नम्बरको टाटासुमो टोखा–छहरे सडकखण्डको उक्त स्थानमा ...
: धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ चरौंदी नजिक भैंसेडाँडामा आइतबार राति भएको बस दुर्घटनाले १९ जनाको ज्यान लिएपछि सरकार फेरि सक्रिय देखिएको छ । पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटना लगत्तै सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ र टोली घटनास्थल पुगेर अध्ययन सुरु गरेको छ। तर ...
काठमाडौंः काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूका तर्फबाट साझा प्रतिबद्धता ‘विकासको मार्गचित्र भिजन १०’ आज सार्वजनिक हुँदैछ । दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरूको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका ...