मुख्य समाचार
आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ
आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ

: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ।

सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।


न्युजिल्यान्डले दिएको १६९ रनको विजयी लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो। श्रीलङ्काको लागि कामिन्डु मेन्डिसले सर्वाधिक ३१ रन बनाए। उनले २३ बलमा ४ चौका प्रहार गरे। ओपनर ब्याटर कुसल मेन्डिसले ११, पावन रथनायकेले १० रन बनाउँदा दुनीथ बेल्लालागेले २९ रन बनाए। त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। जसको फलस्वरूप श्रीलंका १०७ मा नै रोकियो।



न्युजिल्यान्डका लागि बलिङ तर्फ रचिन रबिनले सर्वाधिक ४ विकेट लिए। न्युजिल्यान्डलाई सस्तैमा रोक्न उनले चार ओभरमा २७ रन मात्रै खर्चिए। म्याट हेन्रीले २ विकेट लिँदा मिचेल सान्तर र ग्लेन फिलिप्सले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको न्युजिल्यान्डका लागि मिचेल शान्तरले ४७ रनको पारी खेलेका थिए। उनले २६ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए। ओपनर फिन एलेनले २३, रचीन रविन्द्रले ३२ रन, ग्लेन फिलिप्सले १८ रन बनाउँदा कोले एमसीकोन्ची ३१ रनमा अविजित रहे। श्रीलङ्काका लागि बलिङतर्फ महेश थीकसाना र दुश्मन्था चमेराले समान ३-३ विकेट लिए। दुनिथ बेल्लालागेले १ विकेट लिए।

समूह बी बाट श्रीलङ्का बाहिरिँदा लगातार दुई खेल जितेको इङ्ल्यान्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। न्युजिल्यान्ड दुई खेलबाट एक खेल वर्षाका कारण प्रभावित हुँदा १ अङ्क र श्रीलंकालाई जित्दै दुई अङ्क जोड्दा तीन अङ्क सहित समूह बीको दोस्रो स्थानमा रहेको छ। यससँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना अझै कायमै रहेको छ। न्युजिल्यान्डले सुपर ८ को अन्तिम खेल इङ्ल्यान्डसँग खेल्नेछ। उक्त खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गर्नेछ। यदि न्युजिल्यान्ड सँग हारेपनि श्रीलंकाले पाकिस्तानलाई हराएको खण्डमा सेमिफाइनल पुग्नेछ।

श्रीलङ्का भने सन् २०१४ यता टी-२० विश्वकपको सेमिफाइनल पुग्न सकेको छैन। सेमिफाइनलमा पाकिस्तानको पनि आँखा रहनेछ। पाकिस्तानले श्रीलङ्कालाई ५० भन्दा माथि रनले हराएमा र न्युजिल्यान्ड इङ्ल्यान्डसँग २० रनले हारेमा पाकिस्तान सेमिफाइनल पुग्ने सम्भावना रहन्छ। सेमिफाइनलमा यदि पाकिस्तानले श्रीलङ्कालाई हराएको खण्डमा न्युजिल्याणन्ड र पाकिस्तानले रनरेटमा प्रतिस्पर्धा गर्नेछन्।

सुपर ८ मा आज समूह ए का दुई खेल छन्। जसमा पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजले नेपाली समयअनुसार ३स् १५ मा खेल्नेछन् । दोस्रो खेलमा भारतले जिम्बाब्वेसँग खेल्नेछ। भारत र जिम्बाब्वेको खेल नेपाली समयअनुसार साँझ, ७ :१५ मा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम