मुख्य समाचार
आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ
आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ

: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ।

सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन बनाएको थियो।


न्युजिल्यान्डले दिएको १६९ रनको विजयी लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो। श्रीलङ्काको लागि कामिन्डु मेन्डिसले सर्वाधिक ३१ रन बनाए। उनले २३ बलमा ४ चौका प्रहार गरे। ओपनर ब्याटर कुसल मेन्डिसले ११, पावन रथनायकेले १० रन बनाउँदा दुनीथ बेल्लालागेले २९ रन बनाए। त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। जसको फलस्वरूप श्रीलंका १०७ मा नै रोकियो।



न्युजिल्यान्डका लागि बलिङ तर्फ रचिन रबिनले सर्वाधिक ४ विकेट लिए। न्युजिल्यान्डलाई सस्तैमा रोक्न उनले चार ओभरमा २७ रन मात्रै खर्चिए। म्याट हेन्रीले २ विकेट लिँदा मिचेल सान्तर र ग्लेन फिलिप्सले १-१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको न्युजिल्यान्डका लागि मिचेल शान्तरले ४७ रनको पारी खेलेका थिए। उनले २६ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए। ओपनर फिन एलेनले २३, रचीन रविन्द्रले ३२ रन, ग्लेन फिलिप्सले १८ रन बनाउँदा कोले एमसीकोन्ची ३१ रनमा अविजित रहे। श्रीलङ्काका लागि बलिङतर्फ महेश थीकसाना र दुश्मन्था चमेराले समान ३-३ विकेट लिए। दुनिथ बेल्लालागेले १ विकेट लिए।

समूह बी बाट श्रीलङ्का बाहिरिँदा लगातार दुई खेल जितेको इङ्ल्यान्ड यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ। न्युजिल्यान्ड दुई खेलबाट एक खेल वर्षाका कारण प्रभावित हुँदा १ अङ्क र श्रीलंकालाई जित्दै दुई अङ्क जोड्दा तीन अङ्क सहित समूह बीको दोस्रो स्थानमा रहेको छ। यससँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना अझै कायमै रहेको छ। न्युजिल्यान्डले सुपर ८ को अन्तिम खेल इङ्ल्यान्डसँग खेल्नेछ। उक्त खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गर्नेछ। यदि न्युजिल्यान्ड सँग हारेपनि श्रीलंकाले पाकिस्तानलाई हराएको खण्डमा सेमिफाइनल पुग्नेछ।

श्रीलङ्का भने सन् २०१४ यता टी-२० विश्वकपको सेमिफाइनल पुग्न सकेको छैन। सेमिफाइनलमा पाकिस्तानको पनि आँखा रहनेछ। पाकिस्तानले श्रीलङ्कालाई ५० भन्दा माथि रनले हराएमा र न्युजिल्यान्ड इङ्ल्यान्डसँग २० रनले हारेमा पाकिस्तान सेमिफाइनल पुग्ने सम्भावना रहन्छ। सेमिफाइनलमा यदि पाकिस्तानले श्रीलङ्कालाई हराएको खण्डमा न्युजिल्याणन्ड र पाकिस्तानले रनरेटमा प्रतिस्पर्धा गर्नेछन्।

सुपर ८ मा आज समूह ए का दुई खेल छन्। जसमा पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजले नेपाली समयअनुसार ३स् १५ मा खेल्नेछन् । दोस्रो खेलमा भारतले जिम्बाब्वेसँग खेल्नेछ। भारत र जिम्बाब्वेको खेल नेपाली समयअनुसार साँझ, ७ :१५ मा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...