मुख्य समाचार
इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ
इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ

— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो ।

इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले पराजित गरेको थियो । यता हारले पाकिस्तान बाहिरिने स्थितिमा पुगेको छ । पाकिस्तानको श्रीलंकासँग पहिलो खेल वर्षाले रद्द बनाएको थियो ।

क्यान्डीमा १७ औं ओभरमा ब्रुक ठ्याक्कै १ सय रन पूरा गरेपछि अर्को बलमा शाहिन साह अफ्रिदीको बलमा बोल्ड भए । त्यसपछि भने खेलमा उतारचढाव रह्यो । १८ औं ओभरमा सलमान मिर्जाले ५ रनमात्र दिए भने १९ औं ओभरमा मोहम्मद नवाजले विल ज्याक्स र जेमी ओभरटन (०) लाई आउट गरे । तर, अन्तिम ओभरमा ३ रन चाहिँदा जोफ्रा आर्चरले मिर्जालाई चौका प्रहार गर्दै इंग्ल्यान्डलाई विजयी बनाए ।

प्लेयर अफ द म्याच ब्रुकले ५१ बलमा १० चौका र ५ छक्का प्रहार गरे । उनले विल ज्याक्ससँग छैटौं विकेटमा ५२ रनको महत्त्वपूर्ण साझेदारी गरे । ज्याक्सले अर्को एउटा उपयोगी इनिङ्स खेल्नेक्रममा २३ बलमा १ चौका र २ छक्कासहित २८ रन बनाए । माथिल्लोक्रममा फिल सल्ट शून्य, जोस बटलर २, ज्याकोब बेथेल ८, टम बान्टोन २ र साम करन ११ रनमा आउट भए । अफ्रिदीले ४ ओभरमा ३० रन खर्चेर २ तथा मिर्जा र उस्मान तारिकले २–२ विकेट लिए ।

यसअघि स्पिनर लिएम डावसनले ३ विकेट लिएपछि इंग्ल्यान्डले पाकिस्तानलाई १६४–९ को स्कोरमा रोकेको थियो । डावसनले त्ययसका लािग २४ रन खर्चे । जेमी ओभरटनले २६ र आर्चरले ३२ रन खर्चेर २–२ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले ठूलो स्कोर बनाउन सकेन ।

साहिबजादा फरहानले ६३ रन बनाए । ओपनर फरहानले ४५ बलमा २ छक्का र ७ चौका प्रहार गरे । प्रतियोगितामा उनको तेस्रो अर्धशतक हो । सैयम अयुबलाई तेस्रो ओभरमा ७ रनमा आउट गरी आर्चरले इंग्ल्यान्डलाई सुरुआती सफलता दिलाएका थिए । डावसनले सलमान आघालाई आउट गरी अर्को विकेट दिलाए ।

फरहान र बाबर आजमले तेस्रो विकेटमा ४६ रनको साझेदारी गरे । बाबरले २४ बलमा २५ रन बनाए । फाखर जमानले १६ बलमा २ छक्का प्रहार गर्दै २५ रन बनाए भने सदाब खान २३ रनमा अविजित रहे । ‍

एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम