मुख्य समाचार
इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ
इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ

— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो ।

इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले पराजित गरेको थियो । यता हारले पाकिस्तान बाहिरिने स्थितिमा पुगेको छ । पाकिस्तानको श्रीलंकासँग पहिलो खेल वर्षाले रद्द बनाएको थियो ।

क्यान्डीमा १७ औं ओभरमा ब्रुक ठ्याक्कै १ सय रन पूरा गरेपछि अर्को बलमा शाहिन साह अफ्रिदीको बलमा बोल्ड भए । त्यसपछि भने खेलमा उतारचढाव रह्यो । १८ औं ओभरमा सलमान मिर्जाले ५ रनमात्र दिए भने १९ औं ओभरमा मोहम्मद नवाजले विल ज्याक्स र जेमी ओभरटन (०) लाई आउट गरे । तर, अन्तिम ओभरमा ३ रन चाहिँदा जोफ्रा आर्चरले मिर्जालाई चौका प्रहार गर्दै इंग्ल्यान्डलाई विजयी बनाए ।

प्लेयर अफ द म्याच ब्रुकले ५१ बलमा १० चौका र ५ छक्का प्रहार गरे । उनले विल ज्याक्ससँग छैटौं विकेटमा ५२ रनको महत्त्वपूर्ण साझेदारी गरे । ज्याक्सले अर्को एउटा उपयोगी इनिङ्स खेल्नेक्रममा २३ बलमा १ चौका र २ छक्कासहित २८ रन बनाए । माथिल्लोक्रममा फिल सल्ट शून्य, जोस बटलर २, ज्याकोब बेथेल ८, टम बान्टोन २ र साम करन ११ रनमा आउट भए । अफ्रिदीले ४ ओभरमा ३० रन खर्चेर २ तथा मिर्जा र उस्मान तारिकले २–२ विकेट लिए ।

यसअघि स्पिनर लिएम डावसनले ३ विकेट लिएपछि इंग्ल्यान्डले पाकिस्तानलाई १६४–९ को स्कोरमा रोकेको थियो । डावसनले त्ययसका लािग २४ रन खर्चे । जेमी ओभरटनले २६ र आर्चरले ३२ रन खर्चेर २–२ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले ठूलो स्कोर बनाउन सकेन ।

साहिबजादा फरहानले ६३ रन बनाए । ओपनर फरहानले ४५ बलमा २ छक्का र ७ चौका प्रहार गरे । प्रतियोगितामा उनको तेस्रो अर्धशतक हो । सैयम अयुबलाई तेस्रो ओभरमा ७ रनमा आउट गरी आर्चरले इंग्ल्यान्डलाई सुरुआती सफलता दिलाएका थिए । डावसनले सलमान आघालाई आउट गरी अर्को विकेट दिलाए ।

फरहान र बाबर आजमले तेस्रो विकेटमा ४६ रनको साझेदारी गरे । बाबरले २४ बलमा २५ रन बनाए । फाखर जमानले १६ बलमा २ छक्का प्रहार गर्दै २५ रन बनाए भने सदाब खान २३ रनमा अविजित रहे । ‍

एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...