— धादिङको त्रिपुरासुन्दरी–३ मूलपानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
शहिद लखन–८ वुंकोट घर भएकी १२ वर्षीया बालिका दिलिशा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । शहिद लखन–८ वुंकोट घर भएकी १३ वर्षीया बालिका दिक्षा घर्ती मगर र भिमसेन थापा–६ का २४ विरेन्द्र थापा मगर घाइते भएका छन् ।
घाइतेहरुको गोरखाको आरुघाट आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उनीहरु धादिङको त्रिपुरासुन्दरी–३ स्थित मामाको घरमा पूजामा गएका थिए ।
मंगलबार दिउँसो साडे ४ बजेतिर चट्याङ परेर घटना भएको प्रहरीले जनाएको छ ।