— परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले भेट गरेका छन् । मन्त्री शर्माको कार्यकक्षमा आज भएको भेटमा नेपाल-चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आजै मन्त्री शर्मासँग नेपालका लागि मालदिभ्सका गैरआवासीय राजदूत आइशात अजिमाले पनि शिष्टाचार भेट गरेका छन् । उक्त अवसरमा उनीहरूबीच द्विदेशीय सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको थियो ।