। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्र सम्भावना अनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् ।
‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको खानुभयो ? बोर्डर पारिको खानुभयो ।’
तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको उनले दाबी गरे । ‘हाम्रै पूर्वी पहाडको तरकारी यही मुनि झापा, सुनसरी विराटनगरमा खान पाइएको छैन । यो दु:खको कुरा हो, यो दु:खको समाधान गर्ने पार्टी बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टी,’ बालेनले भने ।
पूर्वी तराईका तीन-चार वटा जिल्लाको पूर्ण सम्भावनामा धान उत्पादन गर्न सके सिंगो देशभरl खुवाउन सकिने बताउँदै उनले रास्वपाले त्यही चाहेको बताए ।