मुख्य समाचार
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट

। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन् ।

जेनेभामा आयोजित मानवअधिकार परिषदको ६१ औँ नियमित सत्रमा नेपाली प्रतिनिधिमण्डलको प्रमुखको हैसियतमा भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सो धारणा राखेकी हुन् । अब मानवअधिकारलाई संस्थागत बनाउने र संस्कृतिको रुप बनाउने कुरालाई प्राथमिकता दिएको उनले बताइन् ।

मानवअधिकारलाई ‘वैश्विक सम्पत्ति’ भन्दै उनले यसको संरक्षण र प्रवर्द्धनमा सबै देशहरूको साझा जिम्मेवारी रहेको बताइन् । त्यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल तयार रहेको पनि दोहोर्‍याइन् ।

उनले नेपालले लोकतन्त्र र स्वतन्त्रतामा गरेको यात्रालाई मानवअधिकार सुनिश्चित गर्नका लागि निरन्तर प्रयासको प्रमाणको रूपमा प्रस्तुत गर्दै भनिन्, ‘हामीले नीति, कानूनी र संस्थागत उपायहरू अघि बढाएका छौं र अब हाम्रो प्राथमिकता मानवअधिकारलाई संस्थागत बनाउने र समाजमा संस्कृति बनाउने हो ।’
प्रधानमन्त्री कार्कीले नेपालको संविधान मानवअधिकार र मौलिक स्वतन्त्रताको आधार भएको बताउँदै, महिलाहरू, बालबालिका, अपांगता भएका व्यक्ति, आदिवासी, मधेशी, थारू, मुस्लिम, दलित, विभेदमा परेका समुदाय, साथै लैंगिक अल्पसंख्यकहरूको अधिकार सुरक्षित गरिएको उल्लेख गरिन् । उनले शिक्षा, स्वास्थ्य, रोजगार, खाद्य सुरक्षा र स्वच्छ वातावरण जस्ता अधिकारलाई कानूनी रूपमा सुनिश्चित गर्न नेपालले विभिन्न कानून र नीतिहरू लागू गरेको जानकारी पनि गराइन् ।

प्रधानमन्त्री कार्कीले नेपालले १० वर्ष लामो सशस्त्र द्वन्द्व सफलतापूर्वक शान्तिपूर्ण तरिकाले अन्त्य गरेको जानकारी गराउँदै अब द्वन्द्व पीडितलाई न्याय र परिपुरणको लागि काम गरिरहेको जानकारी गराइन् । उनले भनिन्, ‘हामी संक्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय, समावेशी र पीडित–केन्द्रित रूपमा पूरा गर्न प्रतिबद्ध छौं ।’

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले जवाफदेही, पारदर्शी र भ्रष्टाचारमुक्त शासनको माग गरेको स्मरण गर्दै सरकारको मुख्य दायित्व पनि त्यही भएको बताइन् ।

जेनजी आन्दोलनपछि परिवर्तित राजनीतिक परिस्थितिमा ताजा जनादेशमा जानु परेकाले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा चुनावको तयारी अन्तिम चरणमा पुगेको जानकारी प्रधानमन्त्रीले दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्र सम्भावना अनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको ...
। सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा अब विकास निर्माणको युग सुरु भएको दाबी गरेका छन् यस्तो बताएका हुन् । केहीदिनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिको प्रतिरक्षा गर्दै सभापति लामिछानेले निर्माण व्यवसायी आत्तिन नपर्ने भन्दै टिप्पणी पनि गरेका छन् । ‘निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन् । अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,’ सभापति लामिछानेले ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै फरक हुने बताएका छन् । आज मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमालेनिकट मुक्ति समाज दोलाका नेता कार्यकर्तालाई प्रवेश गराउँदै उनले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुने बताएका हुन् । निर्वाचन आउन केही दिनमात्रै बाँकी रहेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताएका हुन् । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउँदै उनले खाने तेलदेखि मरमसलासम्मका उद्योग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम