मुख्य समाचार
सर्वोच्च अदालतले दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश
सर्वोच्च अदालतले दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश

। सर्वोच्च अदालतले सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंको हकमा बन्दीप्रत्यक्षीकरणको आदेश गरेको हो । उनलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उमा प्रसाईंले गतसाता सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।

निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपसहित प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोहीआधारमा प्रहरीले प्रसाईंलाई फागुन ४ गते काठमाडौंबाटै पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा अब विकास निर्माणको युग सुरु भएको दाबी गरेका छन् यस्तो बताएका हुन् । केहीदिनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिको प्रतिरक्षा गर्दै सभापति लामिछानेले निर्माण व्यवसायी आत्तिन नपर्ने भन्दै टिप्पणी पनि गरेका छन् । ‘निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन् । अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,’ सभापति लामिछानेले ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै फरक हुने बताएका छन् । आज मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमालेनिकट मुक्ति समाज दोलाका नेता कार्यकर्तालाई प्रवेश गराउँदै उनले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुने बताएका हुन् । निर्वाचन आउन केही दिनमात्रै बाँकी रहेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताएका हुन् । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउँदै उनले खाने तेलदेखि मरमसलासम्मका उद्योग ...
। विद्युत् नियमन आयोगले अनुमतिपत्र प्राप्त संस्थालाई संस्थागत सुशासन मापदण्ड जारी गरेको छ । विद्युत क्षेत्रका सङ्गठित संस्थाहरूका लागि समान तथा प्रभावकारी नियमन गर्ने उद्देश्यले ‘अनुमतिपत्र प्राप्त संस्थाको संस्थागत सुशासन मापदण्ड, २०८२’ जारी भएको हो । कम्पनी सम्बन्धी प्रचलित कानुनका सामान्य प्रावधानभन्दा पर गई क्षेत्रविशेषको प्रकृतिअनुसार उत्तरदायित्व, पारदर्शिता, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनलाई कानुनी रूपमा संस्थागत गर्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम