मुख्य समाचार
७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाए
७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाए

। ७९औँ बाफ्टा फिल्म अवार्डमा ‘वन ब्याटल आफ्टर अनदर’ ले वर्चस्व जमाएको छ । उत्कृष्ट फिल्म र पौल थोमस एन्डरसनलाई उत्कृष्ट निर्देशकसहित यसले कुल ६ वटा अवार्ड जित्यो ।

बेलायतसहित विश्वकै प्रतिष्ठित मानिने यस अवार्ड समारोह ‘द ट्रेटर्स’ का लोकप्रिय होस्ट एलन कमिङले सञ्चालन गरेका थिए । उनले तिमोथी सालामे र काइली जेनरलाई बेलायती स्न्याक्स बाँड्दै र भीडमै मोबाइल चलाइरहेका पौल मेस्कललाई हल्का मजाक गर्दै माहोललाई रमाइलो बनाएका थिए ।

प्रारम्भिक विजेतामध्ये सीन पेनले ‘वन ब्याटल आफ्टर अनदर’ का लागि सहायक अभिनेता अवार्ड जिते भने ‘सिनर्स’ का लागि वुनमी मोसाकुले उत्कृष्ट सहायक अभिनेत्री अवार्ड हात पारिन् । प्राविधिक विधातर्फ ‘फ्रान्केनस्टाइन’ अग्रणी बन्यो, जसले प्रोडक्सन डिजाइन, मेकअप तथा हेयर र कस्ट्युम डिजाइनमा अवार्ड जित्यो ।

समारोहको सबैभन्दा ठूलो आश्चर्य भने रोबर्ट अरामायो उत्कृष्ट अभिनेता घोषित हुनु रह्यो । उनले ईई राइजिङ स्टार अवार्ड जितेपछि तिमोथी सालामे र लियोनार्डो डिक्याप्रियोजस्ता प्रतिस्पर्धीलाई पछि पार्दै यो सम्मान पाए ।

बेलायती अभिनेता अरामायोले वास्तविक जीवनका टुरेट सिन्ड्रोम अभियानकर्ता जोन डेभिडसनमाथि आधारित इन्डी बायोपिक ‘आई स्वेअर’ मा मुख्य भूमिका निर्वाह गरेका छन्, र डेभिडसन स्वयं समारोहमा उपस्थित थिए ।

डेभिडसनका टिक्स (अनियन्त्रित अभिव्यक्ति), जसमा कहिलेकाहीँ अपमानजनक शब्द पनि समावेश हुन्छन्, का कारण होस्ट कमिङले रातभरि दुईपटक दर्शकलाई समझदारीका लागि आग्रह गरेका थिए ।
रायन कुग्लरको ‘सिनर्स’ ले तीन अवार्ड जित्दै इतिहास बनायो, जसले यसलाई अश्वेत निर्देशकको सबैभन्दा धेरै अवार्ड जित्ने फिल्म बनायो । यसले मौलिक पटकथा, वुनमी मोसाकुका लागि सहायक अभिनेत्री र लुडविग गोरान्सनका लागि मौलिक संगीतमा अवार्ड जित्यो । कुग्लर मौलिक पटकथा विधामा जित्ने पहिलो अश्वेत विजेता पनि बने । उनले आफ्नो भाषणलाई प्रेरणादायी सन्देश दिन प्रयोग गरे ।

उनले भने, ‘सबै लेखक साथीलाई, जब तपाईं खाली पानातर्फ हेर्नुहुन्छ, आफूले माया गर्ने मानिसको बारे सोच्नुहोस् । जसलाई पीडामा देख्नुभएको छ र जसको पीडा कम होस् भन्ने चाहनुहुन्छ, त्यही भावनाले तपाईंलाई लेख्न प्रेरित गरोस् । यो सम्मानका लागि म सधैं आभारी रहनेछु, धन्यवाद ।’

क्लोए झाओको ‘ह्यामनेट’ उत्कृष्ट बेलायती फिल्म घोषित भएपछि त्यसकी मुख्य अभिनेत्री जेसी बक्लीले उत्कृष्ट अभिनेत्री अवार्ड जितिन् । अस्कर दौडमा पनि चर्चामा रहेकी बक्लीले आफ्नो इमानदार र आत्मीय भाषणले दर्शकलाई हँसाइन् । भाषणका क्रममा उनले केही सह-मनोनितको नाम बिर्सिँदै “केट ! केट ! त्यहाँ हुनुहुन्छ,” भन्दै केट हडसनलाई सम्बोधन गरेकी थिइन् ।

बक्लीले अगाडि भनिन्, ‘तपाईंहरू सबै साहसी हुनुहुन्छ, शरारती केटीहरूका लागि काम गरिरहनुभएको छ, र तपाईंहरूको उत्कृष्ट प्रदर्शन देखेर म दंग छु ।’ त्यसपछि हाँस्दै स्वीकार गरिन्, ‘ओह भगवान, मैले आफ्नो नोट नै यहाँ ल्याउन बिर्सिएछु ।’



अन्यतर्फ, ‘सेन्टिमेन्टल भ्यालु’ ले अंग्रेजी बाहेकको भाषामा बनेको फिल्म विधामा जित्दै बाफ्टा अवार्ड जित्ने पहिलो नर्वेजियन फिल्म बन्यो । बेलायती अन्तर्राष्ट्रिय फिचर अस्कर प्रवेशिका ‘माइ फादर्स श्याडो’ ले उत्कृष्ट बेलायती डेब्यू अवार्ड हात पार्‍यो । ‘के-पप डेमन हन्टर्स’ का गायक ईजाए, अड्री नुना र रेइ आमीले बेलायतमा पहिलोपटक लाइभ प्रस्तुति दिए भने जेसी वेयरले ‘इन मेमोरियम’ खण्डमा बाब्र्रा स्ट्राइस्यान्डको गीत ‘द वे वी वेयर’ को कभर गाएर ट्रिब्यूट अर्पण गरिन् ।

समारोहअघि नै ‘वन ब्याटल आफ्टर अनदर’ १४ मनोनयनसहित अग्रस्थानमा थियो, जुन ‘गान्धी’ ले बनाएको १६ को रेकर्डभन्दा थोरै मात्र कम हो । त्यसपछि रायन कुग्लरको ‘सिनर्स’ १३ मनोनयनसहित नजिकै थियो । क्लोए झाओको ‘ह्यामनेट’ र जोश स्याफ्दीको ‘मार्टी सुप्रिम’ दुवैसँग ११-११ मनोनयन थिए । तर ‘मार्टी सुप्रिम’ भने कुनै पनि अवार्ड जित्न नसक्दै बाहिरियो र यससँगै बाफ्टा इतिहासमै सबैभन्दा धेरै हार बेहोर्ने फिल्मको रेकर्ड बराबरी गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...
। प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन् । बालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको ग्राफिक्स तस्वीर सामाजिक संजालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । लेख्छन्- हलमा दोस्रो हप्तामा लाग्दैछ है । अविनाशविक्रम ...
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम