। २१ फागनुमा हुने प्रतिनिधिसभाको निर्वाचन सुरक्षित रुपमा सम्पन्न गराउन प्रधानसेनापति अशोकराज सिग्देलले निर्देशन दिएका छन् ।
बुटवलस्थित मध्य पश्चिम पृतना र पोखरास्थित पश्चिम पृतना तथा अन्तर्गतका सुरक्षा वेशहरुको निरीक्षण गर्दै प्रधानसेनापति सिग्देलले उक्त निर्देशन दिएका हुन् ।
आफ्नो जिम्मेवारी क्षेत्र, निर्वाचनलाई सुरक्षित तवरबाट सम्पन्न गर्न उनले निर्देशन दिए ।