मुख्य समाचार
देशका कतिपय ठाउँ अझैँ अँध्यारोमा रहेको बताउँदै सोही कारण आफू राजनीतिमा आएको
देशका कतिपय ठाउँ अझैँ अँध्यारोमा रहेको बताउँदै सोही कारण आफू राजनीतिमा आएको

। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशका कतिपय ठाउँ अझैँ अँध्यारोमा रहेको बताउँदै सोही कारण आफू राजनीतिमा आएको बताएका छन् । सोमबार सुनसरी-१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन् ।

‘देशका धेरै स्थानमा अझै ऊर्जाको पर्याप्त पहुँच छैन । कतिपय क्षेत्रमा अँध्यारो अवस्था छ,’ अध्यक्ष घिसिङले भने, ‘ऊर्जा विकास र वितरण प्रणाली विस्तार, लोडसेडिङ अन्त्य गर्दै देशलाई उज्यालोतर्फ लैजान वैकल्पिक राजनीतिक सोच आवश्यक ठानेर हाम्रो पार्टी र म चुनावमा आएका छौँ ।’

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई देश परिवर्तनको महत्त्वपूर्ण अवसरका रूपमा लिइदिन पनि उनले मतदातासँग आग्रह गरे । ‘जनताले जिम्मेवारीपूर्वक सही नेतृत्व चयन गर्ने समय आएको छ । सही व्यक्ति, सही स्थानमा पुगे विकासले गति लिन्छ । नेपाललाई अन्धकारबाट उज्यालोतर्फ लैजान पनि सक्षम नेतृत्व आवश्यक छ,’ अध्यक्ष घिसिङले भने ।

जलस्रोतको व्यवस्थापन नै देश समृद्धिको मुख्य आधार भएको उल्लेख गर्दै अध्यक्ष घिसिङले नदी तथा जलाधार व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले तीन प्रदेशमा चुनावी सभाको मिति तय गरेको छ । तय भएको मितिअनुसार फागुन १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा र १७ गते बागमती प्रदेशको काठमाडौंमा चुनावी सभा हुने भएको छ । यसअघि कांग्रेसले मधेश प्रदेशको जनकपुरधाममा चुनावी सभा आयोजना गरिसकेको छ । अन्य प्रदेशको मिति टुंगिन बाँकी रहेको कांग्रेसले ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले जनता अहिले परिवर्तनको पक्षमा रहेको दाबी गर्दै त्यो परिवर्तनकारी शक्ति आफूहरू भएको बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट काठमाडौं-५ मा उम्मेदवार रहेका थापाले सोमबार घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै खास परिवर्तनकारी शक्ति राप्रपा नै भएको दाबी गरेका हुन् । अहिलेको निर्वाचन जेनजीको आन्दोलनको जगमा भएको बताउँदै थापाले निर्वाचनको ...
। हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका-६, को फोतगाउँको कुल मतदाता संख्या ४० रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार सो वडाको कुल जनसंख्या पनि ८५ जना मात्रै छ । हिमाली क्षेत्रको विकट यो गाउँमा रहेका ४० मतदातामध्ये पुरुष २१ र ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म-संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । नेपाल बहुजाति, बहुभाषि, बहुधार्मिक समाजको देश भएको बताउँदै कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचेमात्रै राष्ट्र र लोकतन्त्र ...
। धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो । महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए । प्रहरीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम