मुख्य समाचार
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा वेस्ट इन्डिजले जिम्बाबेमाथि शानदार जित
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा वेस्ट इन्डिजले जिम्बाबेमाथि शानदार जित

। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा वेस्ट इन्डिजले जिम्बाबेमाथि शानदार जित हासिल गरेको छ ।

सोमबार मुम्बईस्थित वानखेडे स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले जिम्बाबेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो संस्करणको सबैभन्दा ठूलो जित हो भने वेस्ट इन्डिजका लागि टी-२०आईमा दोस्रो ठूलो जित हो ।

वेस्ट इन्डिजले दिएको २५५ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबे १७.४ ओभरमा १४७ रनमा अलआउट भयो । ब्राड्ली इभान्सले अन्त्यतिर २१ बलमा ४३ रनको रोमाञ्चक पारी खेले । डियन मेयर्सले २८ तथा कप्तान सिकन्दर राजाले २७ रन बनाए ।

वेस्ट इन्डिजका गुडाकेश मोटीले ४ ओभरमा २८ रन दिएर ४ विकेट लिए । अकिल होसेनले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । म्याथ्यु फोर्डेले २ तथा जेसन होल्डरले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले शिम्रोन हेटमायर र रोभमन पावेलको आक्रामक अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २५४ रनको विशाल योगफल बनाएको थियो ।

यो टी-२० विश्वकप इतिहासकै दोस्रो सर्वाधिक योगफल हो । सर्वाधिक योगफलको रेकर्ड श्रीलंकाको नाममा छ । श्रीलंकाले सन् २००७ को पहिलो विश्वकपमा नै केन्याविरुद्ध २६० रनको योगफल बनाएको थियो ।

वेस्ट इन्डिजका लागि हेटमायरले ३४ बलमा ८५ रनको आक्रामक पारी खेले । यसक्रममा उनले ७ चौका र ७ छक्का प्रहार गरे । पावेलले ३५ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । शेरफन रदरफोर्ड १३ बलमा ३१ रन बनाएर नटआउट रहे ।

जिम्बाबेका लागि रिचार्ड एङ्गर्भा र ब्लेसिङ मुजराबानीले २-२ विकेट लिए भने ब्राड्ली इभान्स र ग्रेम क्रेमरले १-१ विकेट लिए ।

जितपछि वेस्ट इन्डिजले सुपर ८ को समूह १ मा २ अंक जोडेको छ । यो समूहमा दक्षिण अफ्रिकाको पनि २ अंक छ । नेटरनरेटका आधारमा वेस्ट इन्डिज शीर्षमा छ ।

दक्षिण अफ्रिका र वेस्ट इन्डिज मात्र अब यस विश्वकपमा अपराजित टोलीका रूपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम