मुख्य समाचार
अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द
अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द

। अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध आएको छ ।

रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा करिब ३३ इन्च (८३ सेमी) सम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ ।

न्यूयोर्क सिटीको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ जमेको बीबीसीले जनाएको छ । न्यूयोर्कमा यात्रा अवस्था ‘झन्डै असम्भव’ भएको भन्दै राज्य निकायले चेतावनी दिएको छ ।

पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट बञ्चित भएका छन् । विशेष गरी न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएका छन् ।

हिमआँधीको चेतावनी नर्थ क्यारोलिनादेखि नर्दन मेनसम्म जारी गरिएको थियो भने पूर्वी क्यानडाका केही क्षेत्रमा पनि सतर्कता अपनाइएको छ ।

मौसम विभागका अनुसार मंगलबार बिहानसम्म १ देखि २ फिटसम्म हिउँ थपिन सक्ने अनुमान गरिएको छ । सबैभन्दा बढी हिमपात रोड आइल्याण्डमा भएको देखिएको छ । राज्यको राजधानी प्रोभिडेन्समा ३३ इन्च हिउँ परेको छ, जसले सन् १९७८ को फेब्रुअरीमा कायम २८.६ इन्चको कीर्तिमान तोडेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाको सबैभन्दा सानो राज्य रोड आइल्यान्डका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो हिमपात मानिएको छ । मौसम सुधार हुन अझ केही समय लाग्ने अनुमान गरिएको छ ।

रोड आइल्यान्ड र छिमेकी कनेक्टिक्ट मा अत्यावश्यक बाहेकका यात्रा प्रतिबन्ध लगाइएको छ । म्यासाचुसेट्सकी गभर्नर मउरा हिलीले दक्षिण–पूर्वी म्यासाचुसेट्समा गैर–आवश्यक सवारी चलाउन प्रतिबन्ध लगाउँदै प्रमुख राजमार्गमा सवारीको गति ४० माइल प्रतिघण्टामा सीमित गर्न निर्देशन दिएकी छन् । उनले ‘ह्वाइटआउट’ अवस्थाका कारण यात्रा अत्यन्त जोखिमपूर्ण भएको भन्दै सर्वसाधारणलाई घरमै बस्न आग्रह गरेकी छन् ।

म्यासाचुसेट्समा करिब ३ लाख उपभोक्ता विद्युत् विहीन भएका छन्, जसमा केप कोड क्षेत्र पर्ने बार्नस्टेबल काउन्टीका ८५ प्रतिशत उपभोक्ता प्रभावित भएको बीबीसीले जनाएको छ ।

न्यूयोर्क सिटीमा यात्रा प्रतिबन्धका कारण ८० लाखभन्दा बढी जनसंख्या भएको शहर केही समयका लागि ठप्प जस्तै बनेको थियो । दिउँसो १२ बजेपछि भने प्रतिबन्ध हटाइएको थियो ।

हिमपातका कारण हवाई उडान सेवामा ठूलो असर परेको छ । उडान ट्र्याकिङ साइट फ्लाइट अवेरका अनुसार सोमबार अमेरिका भित्रिने र बाहिरिने गरी ५ हजार ६७५ भन्दा बढी उडान रद्द भएका छन् ।

ला गार्डिया विमानस्थलबाट ९८ प्रतिशत र जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट ९१ प्रतिशत उडान रद्द भएका छन् ।

लोगन अन्तर्राष्ट्रिय विमानस्थल, नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थल र फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थमा पनि अधिकांश उडान रद्द भएका छन् ।

कनेक्टिकट र न्यु जर्सीमा रुख ढल्ने र हाँगा भाँचिने जोखिमका कारण सडक अवस्था झन् जोखिमपूर्ण बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ । प्रोभिडेन्समा हिउँ पन्छ्याउने सवारीलाई अवरोध पुर्‍याएको भन्दै ३०० भन्दा बढी गाडीलाई क्रेनको सहायतालाई हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम