। बेन्जामिन सेस्कोको एकमात्र गोल मद्दतमा म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई पराजित गरेको छ ।
सोमबार राति एभर्टनको मैदान हिल डिकिन्सन स्टेडियममा भएको खेलमा युनाइटेडले एभर्टनलाई १-० ले हराएको हो ।
खेलको ७१औं मिनेटमा सेस्कोले ब्रायन एम्बेउमोको असिस्टमा गोल गरेका थिए । त्यही गोल युनाइटेडलाई जिताउन पर्याप्त रह्यो ।
जितपछि २७ खेलमा ४८ अंक भएको युनाइटेड चौथो स्थानमा उक्लिएको छ । पराजित एभर्टन ३७ अंकसहित नवौं स्थानमा छ ।
नयाँ प्रशिक्षक माइकल क्यारिक नियुक्त भएपछि युनाइटेड पछिल्ला ६ खेलमा अपराजित छ । युनाइटेडले ५ जित र १ बराबरीको नतिजा निकालेको छ ।